विराटनगर जेसीजद्वारा ‘जेसीज वीक–२०२५’ आयोजना हुने सामाजिक, स्वास्थ्य, शैक्षिक र नेतृत्व विकासमुखी कार्यक्रमहरू एक सातासम्म

भोजराज घिमिरे शनिबार, कार्तिक १६, २०८२

विराटनगर जेसीजद्वारा ‘जेसीज वीक–२०२५’ आयोजना हुने

सामाजिक, स्वास्थ्य, शैक्षिक र नेतृत्व विकासमुखी कार्यक्रमहरू एक सातासम्म

विराटनगर । ‘Developing Leaders for a Changing World’ भन्ने मूल नाराका साथ विराटनगर जेसीजले यस वर्ष पनि सामाजिक, स्वास्थ्य, शैक्षिक तथा नेतृत्व विकासमुखी कार्यक्रमहरू सहित ‘जेसीज वीक–२०२५’ आयोजना गर्न लागेको छ। नोभेम्बर २ देखि नोभेम्बर ७ (कात्तिक १६ देखि २१) सम्म एक सातासम्म चल्ने यस अभियानअन्तर्गत विराटनगरका विभिन्न स्थानमा अर्थपूर्ण र प्रभावकारी गतिविधिहरू सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ।

कार्यक्रमको शुभारम्भ नोभेम्बर २ (आइतबार) बिहान ७:३० बजे जेएनएल फुटसल, विराटनगरमा ‘उद्घाटन समारोह तथा मैत्रीपूर्ण फुटसल प्रतियोगिता’बाट हुने भएको छ। उद्घाटन कार्यक्रमको संयोजन जेसी सनराइज चौधरीले गर्नेछन्।

त्यसपछिका दिनहरूमा विभिन्न सामाजिक कार्यक्रमहरू सञ्चालन हुने छन्। नोभेम्बर ३ (सोमबार) का दिन जेसीज बाल सदन माध्यमिक विद्यालयमा दन्त परीक्षण कार्यक्रम (संयोजक – जेसी बिनु बान्तवा राई) र बाल सुधार गृह, विराटनगरमा मायाको कोसेली वितरण कार्यक्रम (संयोजक – जेसी पंकज मेहता) गरिनेछ।

नोभेम्बर ४ (मंगलबार) बिराट बहिरा माध्यमिक विद्यालयमा ‘ART Beyond Word’ कला कार्यक्रम (संयोजक – जेसी आकृति फुयाल) आयोजना हुनेछ।
नोभेम्बर ५ (बुधबार) नोबेल अस्पताल, विराटनगरमा सडकमा सुरक्षित यात्रा सम्बन्धी जनचेतना कार्यक्रमसहित रिफ्लेक्स लाइट वितरण गरिनेछ, जसको संयोजन जेसी बिशाल राजवंशीले गर्नेछन्।
नोभेम्बर ६ (बिहीबार) विराटनगर जेसीज सचिवालयमा कौसी खेती तालिम कार्यक्रम (संयोजक – जेसी रोशनी प्रधान) सञ्चालन हुनेछ।

सप्ताहको समापन नोभेम्बर ७ (शुक्रबार) होटल स्वागतम, विराटनगरमा आयोजना हुने ‘समापन तथा सम्मान कार्यक्रम’ बाट गरिनेछ। उक्त कार्यक्रममा समाजमा योगदान पुर्‍याएका दुई युवालाई सम्मान गरिने बताइएको छ। समापन कार्यक्रमको संयोजन जेसी आर.के. मण्डलले गर्नेछन्।

विराटनगर जेसीजका अध्यक्ष जेसी प्रीतेशराज दाहालका अनुसार, जेसीज वीकमार्फत युवाहरूलाई नेतृत्व, सामाजिक जिम्मेवारी र सेवा भावना सिकाउने उद्देश्य राखिएको हो। उनले भने, “हामीले समाजमा सकारात्मक परिवर्तन ल्याउने साना तर प्रभावकारी कदमहरू लिँदै आएका छौँ, यस वर्षको जेसीज वीक पनि त्यसैको निरन्तरता हो।”

मुख्य कार्यक्रम संयोजक तथा विराटनगर जेसीजका वरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसी कविराज दाहालले सबै कार्यक्रमहरू तयारीपूर्वक सञ्चालन हुने जानकारी दिएका छन्। उनका अनुसार, “एक साताभरि विभिन्न क्षेत्रमा केन्द्रित कार्यक्रमहरू मार्फत जेसीजको सामाजिक प्रतिबद्धता र सामुदायिक सहकार्यको सन्देश फैलाउने हाम्रो उद्देश्य हो।”

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!