बिहार विधान सभा निर्वाचनका कारण मोरङका सीमा नाका ७२ घण्टाका लागि बन्द हुने

भोजराज घिमिरे शनिबार, कार्तिक २३, २०८२

बिहार विधान सभा निर्वाचनका कारण मोरङका सीमा नाका ७२ घण्टाका लागि बन्द हुने

मोरङ । भारतको बिहार विधान सभा आम निर्वाचन–२०२५ का क्रममा मोरङ जिल्लाका विभिन्न सीमा नाका ७२ घण्टाका लागि बन्द हुने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, मोरङले शुक्रबार जारी गरेको सूचनाअनुसार आगामी कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मा हुने बिहार विधान सभा निर्वाचनको शान्तिपूर्ण वातावरण कायम राख्नका लागि पूर्व–नेपाल सीमा क्षेत्रमा पर्ने मोरङ जिल्लाभित्रका सबै नाका बन्द गरिने निर्णय भएको हो।

सूचनामा उल्लेख भएअनुसार कार्तिक २२ गते (८ नोभेम्बर २०२५) शनिबार साँझ ५:१५ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्म अर्थात् कार्तिक २५ गते (११ नोभेम्बर २०२५) मङ्गलबार राति मतदान समाप्ति नहुँदासम्म नाका बन्द रहनेछन्।

जिल्ला प्रशासन कार्यालयले आपतकालीन सेवा बाहेक मोरङ जिल्लाका सबै अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने भएकाले सर्वसाधारणलाई आवश्यक जानकारीका लागि सतर्क रहन आग्रह गरेको छ।

सूचना सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले हस्ताक्षर गरी जारी गरेका हुन्।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!