ऊर्जा दक्षता सुधारका लागि उद्योग र बैंकबीच सहकार्य आवश्यक — जिआइजेड

भोजराज घिमिरे शुक्रबार, कार्तिक २२, २०८२

ऊर्जा दक्षता सुधारका लागि उद्योग र बैंकबीच सहकार्य आवश्यक — जिआइजेड

निजी क्षेत्र र वित्तीय संस्थाको साझेदारीबाट मात्र ऊर्जा दक्षता क्षेत्रमा दीर्घकालीन सुधार सम्भव : डा. गोर्खाली

विराटनगर। नेपालमा ऊर्जा दक्षता सुधारका लागि प्रभावकारी वित्तीय संयन्त्रको आवश्यकता रहेको बताउँदै जर्मन विकास सहयोग संस्था जि.आई.जेड (GIZ) का कार्यक्रम व्यवस्थापक डा. संजय गोर्खालीले निजी क्षेत्र र बैंकबीचको सहकार्य सुदृढ पार्न जि.आई.जेडले नीति तथा प्राविधिक सहयोग गर्दै आएको जानकारी दिएका छन्।

मोरङ उद्योग संगठनमा आयोजित छलफल कार्यक्रममा उनले ऊर्जा दक्षता अभिवृद्धिका लागि वित्तीय पहुँच र संयन्त्र विकासलाई अत्यावश्यक रहेको उल्लेख गर्दै, “निजी क्षेत्र र बैंकहरूको सहकार्यले मात्र यस क्षेत्रमा दीर्घकालीन सुधार सम्भव छ,” भने।

कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोईरालाले ऊर्जा दक्षता सम्बन्धी परियोजनाहरूमा लगानी प्रोत्साहन गर्न तथा नीति र क्षमता विकासका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

त्यस्तै, उर्जा समिति संयोजक सन्तोष भगत र कार्यसमिति सदस्य सृजन प्याकुरेलले उद्योग प्रतिष्ठानहरूमा व्यवहारिक वित्तीय संयन्त्र तयार गरी ऊर्जा दक्षता प्रवर्द्धनका कार्य अघि बढाउनुपर्नेमा जोड दिए।

छलफल कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, वित्तीय संस्थाका प्रतिनिधि तथा चार्टर्ड एकाउन्टेन्टहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल बैंकर्स एशोसिएशन, जि.आई.जेड नेपाल र मोरङ उद्योग संगठनको संयुक्त आयोजनामा उद्योग क्षेत्रले ऊर्जा दक्षता अभिवृद्धि गर्न आवश्यक संरचनागत परिवर्तनका क्रममा लाग्ने वित्तीय स्रोत र प्रक्रिया सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

संगठनका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता केवल उर्जा बचत र वातावरणीय दायित्वको विषय मात्र नभई उद्योग व्यवसायको दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष सम्बन्धित विषय भएको बताउँदै निजी क्षेत्र र वित्तीय संस्थाले संयुक्त रूपमा काम गरे यस क्षेत्रमा उल्लेखनीय प्रगति सम्भव हुने धारणा राखे।

  • वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानीका लागि स्पष्ट नीति, जोखिम मूल्यांकन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने बताउँदै बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक रहेको र उद्योग प्रतिष्ठानहरूले ऊर्जा अडिट गरी आवश्यक संरचनागत सुधारका लागि लगानी व्यवस्थापन गर्न सक्ने तयारी भइरहेको जानकारी दिए।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!