देवानगञ्ज । देवानगंज गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालय कप्तानगंजमा लोक सेवा पुस्तकालय स्थापना भएको छ । देवानगंज गांउपालिकाका स्थानिय तथा रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत शाखा अधिकृत बाबुनन्दन मेहताको सहयोगमा पुस्तकालय स्थापना भएको हो ।
देवानगंज गाउँपालिकाका युवाहरु लोक सेवा प्रतिको आकर्षण बढ्दै गएकोले पालिका भित्र नै लोक सेवा पुस्तकालय स्थापना गरेको मेहताको भनाई छ । ग्रामिण क्षेत्रका युवाहरुले सरकारी जागिर प्रति आकर्षण बढेपछि अध्ययन गर्न र लोक सेवा तयारी गर्नका लागि पालिका भित्र नै सहज हुने उद्देश्यले सो विद्यालयमा लोक सेवा पुस्तकालय स्थापना गरेको मेहताले बताए ।
“स्थानीय सीप, संस्कृति र मौलिकतामा विविधता, देवानगंज गाउँपालिकामा समृद्धिको आवश्यकता” भन्ने मुल नाराका साथ युवाहरुलाई व्यवसायिक बनाई गाउँपालिकालाई समृद्धि बनाउने मोटिभेसन कार्यक्रममा लोक सेवा पुस्तकालयको उद्घाटन गरिएको थियो ।
देवानगंज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहताले लोक सेवा पुस्ताकालयको उद्घाटन गरेको सो कार्यक्रमको आयोजना नासा ईन्भेष्टमेन्ट प्रालि बिराटनगले गरेको थियो । सुनसरीको दक्षिण सीमावर्ती क्षेत्रमा रहेको देवानगंज गाउँपालिकाका किसानहरु तरकारी उत्पादन सकृय रहेको र पछिल्लो समय लोक सेवा पास गरेर सरकारी जागिरमा नयाँ पुस्ताको प्रवेशले देवानगंज गाउँपालिकाको नाम उच्च बनाएकोले आउँदो दिनमा पनि नयाँ युवा पुस्ताले मेहनत गरेर बिभिन्न सरकारी सेवामा प्रवेश गर्न सहयोग पुग्ने अध्यक्ष मेहताको भनाई छ ।
साकारात्मक र उर्जाशील कार्यले समग्र गाउँपालिकाको भविष्य निर्माण गरी समृद्धि हासिल गर्ने कार्यमा पुस्तकालयले टेवा पु¥याउने नासा इन्भेष्टमेन्ट प्राली विराटनगरका प्रमुख कार्यकारी अधिकृत अरविन्द मेहताले बताएका छन । उक्त पुष्तकालय मंसिर १ गतेदेखि संचालन हुने प्रमुख कार्यकारी अधिकृत मेहताले बताए ।