काठमाडौं । अध्यादेश ल्याएर संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्ध परेका निवेदनको पहिलो र अन्तिम सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संलग्न नहुने भएका छन् । शुक्रबारका लागि परेको उक्त रिटको पेशीको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । २०७७ मंसिर ३० मा सरकारले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि […]
काठमाडौं । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको जानकारी संघीय संसद सचिवालयमा पठाएको छ । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा ३० र लोसपामा १४ संघीय सांसद रहेको विवरण आयोगको पत्रमा रहेको संसद सचिवालयले जनाएको छ । एमालेबाट निर्वाचित थप चार सांसदले पनि एकीकृत समाजवादीमा रहन चाहेको निवेदन दिएको पनि […]
काठमाडौं । अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या बढेको छ । बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित […]
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो महिनामा नेपालको निर्यात ११५ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल रु २० अर्ब ७६ करोड ५१ लाख १७ हजार बराबरको माल वस्तु निर्यात भएको छ । आव २०७७र७८ को सोही अवधिमा रु नौ अर्ब ६२ करोड बराबरको माल वस्तु निर्यात […]
काठमाडौं । हामी सरकारमा जान्छौं । पाँच दल भन्ने हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौं । कम्युनिष्ट पार्टी छोड्दैनौं,’ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष नेपालले भने । पत्रकार सम्मेलनमा आगामी दिनमा संस्कारयुक्त क्रान्तिकारी पार्टीको रुपमा अगाडि बढ्ने दाबी नेता नेपालले गरेको छ । बिहीबार क्वालिटी बैकट […]
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट सपथग्रहणपछि आचार्यले पदभार ग्रहण गरेको छ। बिहीबार प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएपछि आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता […]
सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा बुधबार सुखसेना नहर जल उपभोक्ता समन्वय समितिको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको धेरै भूभाग कृषि योग्य भए पनि सिंचाई, मल र प्राविधिकको अभावले व्यवसायीकरण हुन नसकेकाले अब सरकारले कृषिलाई व्यवसायीकरण गरी स्वदेशमै युवालाई रोजगार सृजना गर्ने बताए । मन्त्री कार्कीले कृषिमा […]
विराटनगर । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघातीको संज्ञा दिएका छन् । विराटनगरमा आयोजित प्रदेश १ स्तरीय अभिमूखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली राष्ट्रघाती भएको बताएका हुन् । नयाँ नक्सा पास गरेको केही दिनपछि ओलीले लम्पसार परेर लौ प्रभु मैले गल्ती गरें मलाई जोगाइदेऊ भन्दै […]
धनगढी । भारतले नेपालको दार्चुलासँग जोडिएको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएपछि महाकाली नदी किनारका वासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । उत्तराखण्डमा रहेको उक्त जलविद्युत परियोजना सफाइका लागि बिहीबार बाँधको ढोका खोल्ने भनी भारतीय पक्षले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा […]
धनुषा । धनुषाको मिथिलाविहारी नगरपालिका ५ ललिया गाउँमा एक युवक आफ्ना बुवा र श्रीमतीको हत्या गरेर गाडेको आरोपमा पक्राउ परेका छन् । ५५ वर्षीय बुवा रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डललाई हत्या गरेर गाडेको आरोपमा ४० वर्षीय भागेन्द्रकुमार मण्डललाईपक्राउ गरेको धनुषा प्रहरी पक्राउ गरेको छ । प्रहरीले मृतक दुबै जनाको शव मण्डलको घरदेखि […]