सुनसरी । १०औं अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सुनसरीको देवानगंज वडा नम्बर १ को अम्बिका मेहता महिला तथा बालबालिका शाखाको एक दिनको प्रमुख हुनुभयो । आइतवार प्लान नेपालको सहयोग र साझा सवालकालागि साझा मंच (कोकन)ले आयोजना गरेको गल्र्स टेकओभर कार्यक्रमा महिला तथा बालबालिका शाखाकी प्रमुख सृजना पोख्रलले पद हस्तान्तरण गर्दा अम्बिका मेहता प्रमुख हुनुभएको हो ।
महिला तथा बालबालिका शाखाको प्रमुखको एकदिनको भूमिका निर्वाह गर्नुभएका मेहताले निवर्तमान प्रमुख पोख्रल र कर्मचारीहरुबाट यस शाखाबाट सेवा प्रवाहका आवस्था र समस्याहरुको बारेमा जानकारी लिनुभयो । महिला तथा बालबालिका शाखाको सेवा प्रवाहका बारेमा जानकारी लिदा प्रमुख सेवाहरुको बारेमा बताएका छन् । उपस्थित भएका बालबालिकाहरुले बाल विवाह रोक्नुपर्ने अहिलेको आवश्यक्ताका बारेमा बताउनुभयो । अहिले जुन हाम्रो गाउँ, समाज र गाउँपालिका भित्र भइरहेको बाल विवाह, बाल हिंसा लगायतका समस्या बारे जानकारी गराएको थियो ।
गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले भन्नु भयो गल्र्स टेकओभर कार्यक्रमको मुख्य उदेश्य बालिकाहरुका अगाडी बढानु हो । तपाईहरु अगाडी बढ्नुस् गाउँपालिकाबाट हुने सहयोग गर्नेछ । बालिकाहरुलाई अगाडी बढाउनका लागि एसईईमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई एकएक लाख दिने कार्यक्रम राखेका छौँ अध्यक्ष मेहताले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, स्वास्थ्य शाखा प्रमुख उमेश मेहता, महिला तथा बालबालिका शाखाकी सृजना पोख्रल लगायतले शुभकामना मन्तब्य दिइको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि देवानगंज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता, अतिथी प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, स्वास्थ्य शाखा प्रमुख उमेश मेहता, महिला तथा बालबालिका शाखाकी सृजना पोख्रल, कोकन संस्थाका समाजिक परिचालक सहदेव मण्डल, DPO अध्यक्ष डुमरलाल मेहता, मिथलेश मेहता लगायतको उपस्थिति रहेको थियो ।