बर्जुमा निशुल्क फिजियोथेरापी सेवा सञ्चालनमा

डुमरलाल मेहता सोमबार, पौष ०४, २०७९

सुनसरी । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको सितागंज स्वास्थ्य चौकीमा निशुल्क फिजियोथेरापी सेवा आज उद्घाटन कार्यक्रमको आयोजना गरी सञ्चालनमा आएको छ । फिजियोथेरापी केन्द्र गाउँपालिका अध्यक्ष जीवछ रायले उद्घाटन गरेको हो ।
प्रदेस नम्बर १ को सामाजिक विकास मन्त्रालय, बर्जु गाउँपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षिय सहयोगमा संचालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत, अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थानीय स्तरबाटै निशुल्क फिजियोथेरापी सेवा केन्द्र सञ्चालनमा ल्याएको र स्वास्थ्य सामग्री समेत हसतान्तरण गरेको करुणा फाउण्डेसन नेपालको राजीव चौधरीले बताउनुभयो । चौधरीको अनुसार जन्मिने बितिकै अकालमा निसासिएर बच्चाको मृत्यु नहोस् भनेर बर्थिंङ् सेन्टर बाट गुणस्तरीय सेवा दिन को लागि सितागंज स्वास्थ चौकीलाई एक थान अक्सिजन कन्सेनटेटर , अपाङ्गता भएका सेवाग्राहीहरुको सहजताका लागि फिजियोथेरापी केन्द्रको लागि एक थान व्हिल चेयर करुणा फाउण्डेसन नेपालको तर्फ बाट हस्तान्तर गरेको जानकारी दिनुभयो ।

गाउँपालिकामा निशुल्क फिजियोथेरापी सेवा उपलब्ध हुदा दैनिक क्रियाकलापमा सहज हुने गाउँपालिका अध्यक्ष जीवछ रायले बताउनुभयो । यहाँका स्थानियहरुले बहिर जान नपरोस् भन्ने उदेश्यले निशुल्क फिजियोथेरापी सेवा सुरु भएको अध्यक्ष रायले बताउनुभयो । उहाँले भन्नुभयो गुणस्तर सेवा र नियमित सेवा दिनलाई कर्मचारीहरुलाई निर्देशित गर्दै र फिजियोथेरापी सेवाको अधिकतम लाभ लिन सेवाग्राहीहरुलाई आग्रह गर्दछु ।
कार्यक्रममा जिवक्ष् कुमार राय, वडा नं. २ का वडा अध्यक्ष महेन्द्र प्रसाद कामत, स्वास्थ्य संयोजक रामबाबु श्रेष्ठ, करुणा फाउण्डेसन नेपालका अनुगमन तथा मुल्यांकन अधिकृत मिनल अधिकारी, फिजियोथेरापिस्ट स्नेहा खड्का लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!