बर्जुमा पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बर्जु । सुनसरीको बर्जु गाउँपालिकामा बाल दिवसको अवसरमा बुधवार पालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा सानै छु बढ्न देउ विवाह होइन पढेन देउ विषयमा बालबालिकाहरुले आ आफ्ना तर्क प्रस्तुत गरेको थिए । प्लान इन्टरनेशनल नेपाल र कोकनको साझेदारी सहयोग र बर्जु गाउँपालिकाको आयोजनामा […]

“अपाङता परिचय पत्र शिविर सम्पन्न” १३४ जनाले पाइयो अपाङता परिचय पत्र

देवानगञ्ज।सुनसरीको देवानगञ्ज गाउँपालिकामा अपाङता भएका ब्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य जाँच तथा परिचय  पत्र वितरण शिविर सम्पन्न भएको छ । देवानगञ्ज गाउँपालिका,करुना फाउनडेसन नेपाल र सामनजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को साझेदारी सहयोगमा शिविर सम्पन्न भएको हो । भदौ २२ गते सुरु भएको शिविर आज बुधवार ३० गते सम्पन्न भएको गाउपालिका स्वास्थ्य प्रमुख उमेश मेहताले बताए […]

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण […]

भारत बाट अवैधरूपमा औषधी सशस्त्र प्रहरीको नियन्त्रणमा

मुकेश यादव विराटनगर । भारतबाट अवैधरुपमा भित्राएको झण्डै १९ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ । आइतबार विराटनगर स्थित रानी दक्षिण गेटमा वेवारिसे अवस्थामा यति धेरै परिणामको औषधी भेटिएको हो । उक्त औषधी नेपालमा प्रतिबन्धित रहेको छ । बोर्डरको सुरक्षामा खटिएको सशस्त्र प्रहरीले को टोलि लाई छलन असफल भएपछि औषधी छाडेर भागको हुन सक्ने […]

असोज पहिलो हप्तादेखि नयाँ नोट, प्रतिव्यक्ति १८ हजार, ‘क’ वर्गका बैंकले वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि असोज पहिलो हप्तादेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले आगामी असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्न लागेको जानकारी दिए । उनका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि सर्वसाधरणलाई नयाँ नोट वितरण गर्नेछन् । यसका लागि अधिकांश बैंकहरुमा नयाँ […]

आज मिथिलामा धुमधामका साथ मनाइँदै चौरचन पर्व

विराटनगर । प्रत्येक वर्षको भाद्र शुक्ल चौथीका दिन चौरचन (चौठ चन्द्र) पर्व आज मनाउदै छ । धुमधामका साथ तराई–मधेसको मिथिला क्षेत्रमा मनाइने खासगरी मधेसी समुदायमा यो पर्वलाई विशेष महत्वका साथ विधिपूर्वक व्रत बसेर मनाउने गरिएको छ । यो पर्वले विभिन्न खालका पुत्र लाभ र धन तथा पापबाट मुक्ति हुने जनविश्वास छ । सूर्यास्तपछि गाईको गोबरले […]

पत्रकार हुँ भन्दै मोवाइल पसलबाट रकम असुल्ने २ जना पक्राउ

धनगढी । कञ्चनपुरमा श्रीमतीको नाममा मोबाइल पसल दर्ता गर्न नपाइने भन्दै २५ हजार रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महेन्द्रनगर बजारस्थित गल्ली नम्बर ४ मा सञ्चालनमा रहेको साई मोबाइल केयरका सञ्चालक अवदेश श्रीवास्तवसँग रकम असुली गरेको आरोपमा नाइस टेलिभिजनका पत्रकार बताउने गोबिन्द बिसी र सन्तोष भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

रामकुमारी झाँक्रीलक्षित ओलीको टिप्पणी : राष्ट्रियताबारे बोल्न पाइन्छ कि पाइँदैन ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलक्षित कडा टिप्पणी गरेका छन् । उनले राष्ट्रियताबारे बोल्न पाईन्छ कि पाईँदैन ? भन्ने प्रश्न गरेका छन् । पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरोधमा तत्कालिन नेकपाले काठमाडौंको प्रदर्शनमार्गमा आयोजना गरेको विरोध […]

थुनुवाको मृत्यु प्रकरण : छानविन गरि दोषिलाई कारवाहीको माग राख्दै प्रर्दशन

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका थुनुवाको मृत्युपछि सोमबार विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन् । आफन्त एवं परिवारका सदस्यले जिल्ला प्रशासन कार्यालयअगाडि टायर बालेर प्रदर्शन गरेका हुन् । गत शुक्रबार तीन किलो चार सय ८० ग्राम गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका–११ का ३९ वर्षीय भीम कामतको आइतबार मृत्यु भएको थियो । लागुऔषध मुद्दामा […]

बुबाको मृत्युपछि स्वास्थ्यकर्मीकाे सपना तुहियाे, राजनितीले तान्याे स्वस्तिकालाई

दैलेख । स्वस्तिका १० जना प्रतिस्पर्धीलाई सहमतिमा ल्याएर सभापति बनेकी हुन् । दैलेख दुल्लू नगरपालिका –३ की १९ वर्षीया स्वस्तिका महत यतिवेला सामाजिक सञ्जाल र विभिन्न मिडियामा चर्चामा छिन् । गएको शुक्रबार सम्पन्न नेपाली काँग्रेसको १४ औं अधिवेशनबाट सर्वसहमतिमा वडा सभापति पदमा निर्वाचित भएपछि महतको चर्चा चुलिएको हो । उनीसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकाँश […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!