गढी गाउँपालिकामा २ दिने बालिका सम्मेलन सम्पन्न

डुमरलाल मेहता मंगलबार, पौष १२, २०७९

सुनसरी । गढीमा दुई दिने बालिका सम्मेलन सम्पन्न भएको छ । सुनसरीको गढी गाउँपालिका–२, औराबनीको गढी वनमा गढी गाउँपालिकाका–६वटै वडाबाट ६०जना बालिका तथा किशोरीहरुको सहभागी गराएर सो कार्यक्रम सम्पन्न भएको हो । गढी गाउँपालिकाको कार्यालय र साझा सवालका लागि साझा मंच (कोकन) आयोजनामा र प्लान इन्टरनेसनल नेपालको सहकार्यमा कार्यक्रम भएको हो ।
गढी गाउँपालिकाले बालबिवाह मुक्त पालिका घोषणा गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको बताईएको छ । कार्यक्रममा बालिका तथा बालकहरु खासगरि उमेर नपुगी सानैमा गरिने बालबिवाह, प्रेमबिवाह, घरपरिवारले जवजस्ती गरिने बाल बिवाह, घरपरिवारले छोरीमा गरिने भेदभाव, छोरीलाई दिने यातना, छोरी जन्मे पछि गरिने दुव्र्यवहार, बलात्कृत बालिकालाई गाउँमा गरिने दुब्र्यवहार, चेलीबेटी बेचबिखन र बिवाह पछि दाइजो नल्याएको निहुँमा यातना तथा घरेलु हिंसा जस्ता कुराहरुलाई जोडदिएको थियो ।

कार्यक्रममा गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरी, उपाध्यक्ष अनिताकुमारी साह, लेखाअधिकृत दिलबहादुर खड्का, बालबालिका तथा महिला साखाकी प्रमुख अनिता सिंह, ईलाका प्रहरी कार्यालय गढी–३, छिटाहका इन्चार्ज गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी हवल्दार ईन्द्र देव यादव, गढी गाउँपालिकाका ६वटै वडाका वडा अध्यक्षहरु, कोकनका सल्लाहकार कोषराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!