राष्ट्रपतिको चुनाव हेरेर प्रचण्डलाई विश्वासको मत दियौं : शेखर कोइराला

Radio Nagarik 100.4 MHz बिहिबार, पौष २८, २०७९

विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताउनुभयो ।
विराटनगरमा बिहीबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा कांग्रेसले पनि उम्मेदवारी दिने र देशभरका सबै सांसदहरूले मत हाल्न पाउने अधिकार भएकाले सरकारलाई विश्वासको मत दिएको उहाँले बताउनुभयो ।

‘अरु निर्वाचनहरू बाँकी नै छन् । सभामुख‚ उपसभामुखको निर्वाचनबाहेकका निर्वाचनमा पनि हामी उम्मेदवारी दिन्छौं‚’ हाँले भन्नुभयो‚ ‘राष्ट्रपति‚ उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ । यो सबैलाई विचार गरेर हामीले सरकारलाई विश्वासको मत दिएको हौँ ।’

उहाँले कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्ने भन्दै प्रतिपक्षी भूमिकामै रहने बताए । ‘प्रतिपक्षको बेन्चमा बस्छौं । गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्छौं तर सरकारमा जाँदैनौं‚’ उहाँले भन्नुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!