देवानगञ्ज। नेपाली काङग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुनसरी क्षेत्र नम्वर २ को विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् प्रधानमन्त्री देउवाले सुनसरीका दक्षिणी क्षेत्रका किसानका लागि सुनसरी खोलामा प्रभावकारी सिँचाइको व्यवस्था गर्न सरकारले आगामी पूरक बजेटमा रकम विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सुनसरीको दक्षिणी सीमावर्ती देवानगञ्ज गाउँपालिकाको नवनिर्मित भवनको आइतबार उद्घाटन समारोहलाई सम्बोधन […]
विराटनगर । पछिल्लो समय सर्वसाधारणको शेयर बजारमा बढ्दो आकर्षणका बीच नासा ईन्भेष्टमेन्ट प्रालिले शनिवार विराटनगरमा अन्तरक्रिया कार्यक्रम सम्म्पन्न गरेको छ । कार्यक्रममा शेयर बजारमा चर्चित रहेका शेयर काका केशव कोइरालाले शेयर बजारमा कम्पनी हेरेर लगानी गर्न आग्रह गर्नुभयो । बजारमा उतार चढाव देखिने बताउदै उहाँले धैर्यताका साथ कम्पनी हेरेर लगानी बढाउदा आर्थिक उन्नती हुने बताउनु […]
विराटनगर । लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको चौथौँ दिन विहिबार उदाउदै गरेको सूर्यदेवलाई अर्घ्य दिइएको छ । सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो र चौथौँ दिन ब्रतालुभक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका छन् । आजबाट छठ पर्व समापन भएको छ ।
विराटनगर । तराईबासीको ठूलो पर्व छठको अवसरमा बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । लगायतका स्थानमा बनाइएको छठ घाटमा भेला भएका ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्वको मुख्य दिनको विधि पूरा गरेका छन् । कोरोना महामारीका कारण गत वर्ष जलासयमा यसरी छठ घाट बनाएर छठ पूजा गरिएको थिएन । धेरैले घरमै […]
देवानगञ्ज । देवानगंज गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालय कप्तानगंजमा लोक सेवा पुस्तकालय स्थापना भएको छ । देवानगंज गांउपालिकाका स्थानिय तथा रामप्रसादराई गाउँपालिका भोजपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत शाखा अधिकृत बाबुनन्दन मेहताको सहयोगमा पुस्तकालय स्थापना भएको हो । देवानगंज गाउँपालिकाका युवाहरु लोक सेवा प्रतिको आकर्षण बढ्दै गएकोले पालिका भित्र नै लोक सेवा पुस्तकालय स्थापना […]
काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहे पनि देशका अधिकांश भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा हल्का हिमपात तथा प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ । शुक्रबार राजधानी काठमाडौँ उपत्यकाको आकाशमा दिनभरजसो सामान्य बदली रहेको छ । […]
देवानगन्ज । सुनसरीको देवानगन्ज गाउँपालिकामा ‘जनता अभियान डटकम’www.janataabhiyan.com को सञ्चालनमा आएको छ । मंगलवार उद्घाटनको कार्यक्रम आयोजना गरि जनता अभियान डट कम अनलाइन न्युज पोर्टलको केन्द्रीय कार्यालय रहने गरी उद्घाटन भएको हो । प्रादेशिक सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा , प्रमुख अथिती तथा नेपाल पत्रकार महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरे । गाउँपालिका […]
विराटनगर । मुख्यमन्त्री भीमप्रसाद आचार्यले ६८ दिने कार्यकालमा प्रदेशमा व्ययभार बढाउने तथा बजेट बाँडफाँट गरेर बिताएका छन् । प्रदेशको नामकरण मुख्यमन्त्री आचार्यको प्राथमिकतामा परेनन् । प्रदेशसभाको चौथो वर्ष बित्न लाग्दा पनि प्रदेशको नामकरण हुन नसक्दा प्रदेश सरकार र सांसद आलोचित भइरहेका छन् । एमाले विभाजन भएको भोलिपल्ट भदौ १० गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री […]
विराटनगर । तिहारको आगमनसँगै भारतबाट नेपालतर्फ भित्र्याउने क्रममा बरामद भएको भारी परिमाणको पटका आइतबार मोरङ प्रहरीले नष्ट गरेको छ । पानीले भरिएको खाल्डोमा हालिएको पटका ओसिएपछि प्रहरीले माटोले पुरेको थियो । स्थानीय जनप्रतिनिधिको उपस्थितिमा प्रहरीले खाल्डो खन्ने, पानी भर्ने, पट्का हाल्ने र पुर्ने काम गरेको थियो । बरामद पटकाको मूल्य करिब ३ लाख ३४ हजार […]
विराटनगर । गत कात्तिक १ देखि ३ गतेसम्म भएको बेमौसमी वर्षाका कारण आएको बाढीले सुनसरी(मोरङ औद्योगिक करिडोर क्षेत्रमा करिब अढाइ अर्बको क्षति भएको छ । ४१ वटा उद्योगमा बाढी र वर्षाको पानी पस्दा दुई अर्ब ४८ करोड ८९ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको हो । अचानक आएको बाढीका कारण ठूलो क्षति पुगेको उद्योग […]