देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई कम्बल (ब्लांकेट) वितरण गरिएको छ । बढ्दो जाडो र सितलहरलाई मध्यनजर गरि देवनगञ्ज गाउँपालिकाको सहयोगमा अपांगता सामावेशी संस्थाले बुधबार १३० जना अपांगता भएका व्यक्तिहरुलाई कम्मल वितरण गरिएको हो ।
गाउँपालिकाको ७ वटै वडामा रहेका अपांगता भएका ब्यक्तिहरुलाई जाडोमा केही न्यानोपन दिने प्रयास स्वरुप कम्बल बितरण गरिएको देवानगञ्जका उपाध्यक्ष कुमारी विभा यादवले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा भत्ता खाने अपांगता भएका व्यक्तिहरुले मासिक रुपमा भत्ता पाएपनि (ग) र (घ) वर्गका कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुले खासै सुविधा नपाएको अवस्था र बढ्दो जाडो र सितलहरलाई मध्यनजर गरि कम्मल वितरण गरिएको यादवले बताउनुभयो ।अपांगता भएका व्यक्तिहरुको माग अनुसार कम्बल बितरण गरिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादवले अपांगता भएका व्यक्तिहरुलाई एकसाथ कम्बल बितरण गर्नुभएको आयोजक संस्थाका अध्यक्ष डुमरलाल मेहताले जानकारी दिनुभयो । कार्यक्रममा सूचना अधिकृत जनार्दन मेहता, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, देवानगञ्ज ७ नम्बर वडा अध्यक्ष सूर्यनारायण यादव, करुणा फाउन्डेसनका राजिव चौधरी र श्याम साह, पत्रकार जयकृष्ण यादव, अजय मण्डल र ब्रहमदेव मेहता सहितको उपस्थिती रहेको थियो ।