अपांगता भएका व्यक्तिहरुलाई कम्बल (ब्लांकेट) वितरण

डुमरलाल मेहता बुधबार, माघ ०४, २०७९

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई कम्बल (ब्लांकेट) वितरण गरिएको छ । बढ्दो जाडो र सितलहरलाई मध्यनजर गरि देवनगञ्ज गाउँपालिकाको सहयोगमा अपांगता सामावेशी संस्थाले बुधबार १३० जना अपांगता भएका व्यक्तिहरुलाई कम्मल वितरण गरिएको हो ।

गाउँपालिकाको ७ वटै वडामा रहेका अपांगता भएका ब्यक्तिहरुलाई जाडोमा केही न्यानोपन दिने प्रयास स्वरुप कम्बल बितरण गरिएको देवानगञ्जका उपाध्यक्ष कुमारी विभा यादवले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ता खाने अपांगता भएका व्यक्तिहरुले मासिक रुपमा भत्ता पाएपनि (ग) र (घ) वर्गका कार्ड प्राप्त अपांगता भएका व्यक्तिहरुले खासै सुविधा नपाएको अवस्था र बढ्दो जाडो र सितलहरलाई मध्यनजर गरि कम्मल वितरण गरिएको यादवले बताउनुभयो ।अपांगता भएका व्यक्तिहरुको माग अनुसार कम्बल बितरण गरिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव र गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता र उपाध्यक्ष कुमारी विभा यादवले अपांगता भएका व्यक्तिहरुलाई एकसाथ कम्बल बितरण गर्नुभएको आयोजक संस्थाका अध्यक्ष डुमरलाल मेहताले जानकारी दिनुभयो । कार्यक्रममा सूचना अधिकृत जनार्दन मेहता, प्रमुख प्रशासकिय अधिकृत रामराज पौडेल, देवानगञ्ज ७ नम्बर वडा अध्यक्ष सूर्यनारायण यादव, करुणा फाउन्डेसनका राजिव चौधरी र श्याम साह, पत्रकार जयकृष्ण यादव, अजय मण्डल र ब्रहमदेव मेहता सहितको उपस्थिती रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!