विराटनगर । सुनसरीको भोक्रहा नरसिंह गाउँपालिका २ आकाहामा रहेको श्री आधारभुत विद्यालयमा आवश्यक अग्रेंजी विषयको शिक्षक पठाउनुपर्ने र सामाजिक शिक्षकलाई हाजिरी गराउन नहुने माग सहित अभिभावकहरुले तालाबन्दी गरेका छन । श्री माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक मनोज कुमार मेहता माविमा नाम निकालेर जानु भएको र उहाँ अग्रेंजी विषयको शिक्षक भएकोमा गाउँपालिकाले समयमा विषयगत शिक्षक नभएकाले पढाई नभएको र तत्काल अग्रेंजी तथा गणित विद्यालयको पढाई सञ्चालन गर्नुपर्ने माग राख्दै विद्यालय बन्द गराएका हुन् ।
विद्यालयले लामो समयसम्म अग्रेंजी शिक्षक अभावका कारणले पढाई प्रभावित भएको भन्दै विद्यार्थीदेखी विद्यालय व्यवस्थापन समितिसम्म र समुदाय समेतले अग्रेंजी शिक्षक अभावले पढाइमा बेवास्ता गरेको र विद्यालय सञ्चालन भएको १० महिना बितिसक्दा पनि अग्रेंजी विषयको पढाई नभएको भन्दै आफूहरुले विद्यालयमा तलाबन्दी गरेको अभिभावक सुरेन्द्र मेहताले बताउनुभयो । कक्षा ७ का विद्यार्थीले पटकपटक विद्यालयमा पढाई निरन्तरताका लागि अनुरोध गरे पनि अग्रेंजी शिक्षक नभएको प्रतिकृया र विद्यालय प्रशासनले गाउँपापिलकासंग माग गर्दा विषयगत शिक्षक पठाउनमा बेवास्ता गरेर सामाजिक विषयको शिक्षक मनोज पोखरेललाई पठाएकाले हाजिरि गराउन नहुने भन्दै तालाबन्दी गरेको अभिभावक र विद्यार्थीको भनाई छ । पटकपटक शिक्षा शाखा र गाउँपालिका कार्यालयले अटेरी गरेपछि मंगलबार मध्यानदेखि रामनारायण मेहताको संयोजकत्वमा तालाबन्दी गरिएको बताईएको छ । विद्यालयको कार्यालयमा तालाबन्दी भएपनि विद्यार्थीको पढाईमा कुनै प्रभावित नभएको बताइएको छ । विद्यालयका प्रधानाध्यापक तेजनारायण साहले अग्रेंजी विषयका नभएर शिक्षक नहुँदा पठनपाठन अवरुद्घ भएको बताउनुभयो । साथै विद्यार्थीले पनि विषयगत शिक्षकको माग गर्दै फेरी तालाबन्दी गर्ने चेतावनी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजाराम मेहता, शिक्षक अभिभावक संघका अध्यक्ष सहादन मंसुरी सहित उपस्थितीमा तालबान्दी गरेका थिए ।
उता भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले पालिका भित्रको शैक्षिक सुधारका लागि आन्तरिक रुपममा शिक्षकहरुको स्थान्तरण गरेको बताउनुभयो । विद्यलयमा विषयगत शिक्षकको पहल जारी रहेको र तत्काल सामाजिक शिक्षकलाई मात्रै पठाएको प्रतिकृया दिनुभयो ।