स्थानीय तह निर्वाचनको लागि सुरक्षा नीति तयार

Radio Nagarik 100.4 MHz बिहिबार, बैशाख ०८, २०७९

विराटनगर । नेपाल प्रहरी प्रदेश नं.१ प्रदेश प्रहरी कार्यलय बिराटनगरले स्थानिय तह निवार्चन केन्द्रित सुरक्षा निति तय गरेको छ । बिराटनगर स्थित नं.१ प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआइजी अरुण कुमार बिसीले प्रदेशको १४ वटा जिल्लालाई अति संवेदनशिल, संवेदनशिल, र सामान्य गरेर तिन तहमा वर्गिकरण गदै सुरक्षा नीति तयार गरिएको जानकारी दिए निवार्चको दौरानमा जनपद प्रहरी, म्यादी प्रहरी, शस्त्र प्रहरी, र नेपाली सेनाले सुरक्षाको नेतृत्व सम्हाल्ने डिआइजीले बताए ।

मतदान स्थल र मतदान केन्द्रको पहिलो सुरक्षा जनपद प्रहरी र म्यादी प्रहरीले सम्हाल्नेछ । पहिलो घेरा मतदाता र मतदान केन्द्रको सुरक्षा घेरा पर्छ । दोश्रो घेराको सुरक्षाको नेतृत्व शस्त्र प्रहरीले सम्हाल्नेछ । तेश्रो तथा अन्तिम घेरा देखि गस्तिसम्मको सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हाल्नेछ । प्रदेश नं.१ मा अति संवेदनशिल ३२१ संवेदनशिल८४९ र सामान्य ७०७ गरेर जम्मा १ हजार ५१ मतदान स्थल छन् ।

१. नंं. प्रदेशभरको ४ हजार ५१ मतदान केन्द्र रहेका छन् । १. नंं. प्रदेशभरको निर्वाचन सम्पन्न गर्न प्रदेश प्रहरी र १७ हजार ४ सय २८ जना म्यादी प्रहरी गरेर २६ हजार ८ सय ९८ प्रहरी परिचालन गर्ने तयारी भइरहेका डिआइजी बिसिले बताए । १७ हजार ४ सय २८ म्यादी प्रहरीका लागी भर्ना खोलीएको पुरुष तर्फ ३९ हजार ३ सय ७५ र महिला तर्फ ११ हजार ५ सय ६९ गरेर ५० हजार ९ सय ४४ आवेदन परेको थियो । जसमध्ये विभिन्न किसिमको परिक्षाबाट १७ हजार ४ सय २८ म्यादी प्रहरी छनोट भए । नेपाल प्रहरीले स्थानिय तह निर्वाचन लक्षित म्यादी प्रहरी आव्हान गर्दा माग गरिएको कोटा भन्दा ३३ हजार ५ सय १६ जना बढि पुरुष र महिलाले आवेदन दिएको डिआइजीले बताए । १. नंं. प्रदेशभरको ११ हजार ४२० जनपद प्रहरी कार्यरत छन् ।

जसमध्ये १० प्रतिशत कार्यलय सुरक्षाको लागि प्रहरी खट्ने व्यवस्था छ । ५ प्रतिशत अपाङ्गता भएका प्रहरी पनि कार्यलयमा रहने व्यवस्था छ । दरबन्दी ११४२० रहेकोमा १५ प्रतिशत कार्यलय सुरक्षा र अपाङ्खता भएका प्रहरी कार्यलयमै बस्नु पर्ने व्यवस्था रहेकाले १०२६७ प्रहरी छ । जसमध्ये निवार्चनको दौरान पूरै खाली गरेर निवार्चनमा प्रहरी परिचालन गर्न नसक्ने भएकोले ९ हजार ४ सय ७० मात्रै प्रहरी निवार्चनमा परिचालन हुने छन् । प्रदेशको अति संवेदनशील निवार्चन क्षेत्रको एक मतदान केन्द्रमा ३ जना जनपद प्रहरी र ८ जना म्यादी प्रहरी र सामान्य निवार्चन क्षेत्रमा ३ जना र ६ जना म्यादी प्रहरी र सामान्य निवार्चन क्षेत्रमा ३ जनपद र ५ म्यादी प्रहरी परिचालन गर्ने तयारी छ ।

प्रदेश भरको कारागारको सुरक्षा सम्हालिरहेका जनपद प्रहरी निवार्चनमा परिचालन हुने भएकाले केहि समयवधि लागि नेपाली सेनालाई कागारको सुरक्षाको जिम्मेवारी सुम्पिने तयारी छ । स्थानिय तह निवार्चन दौरान प्रदेशको १४ वटै जिल्लामा १५ –१५ जना दुई रिजर्भ टोली गरी ४२० जना प्रहरी आकस्मिक सुरक्षाका लागि खटिने छन् । नेपाल प्रहरीको केन्द्रिय प्रहरी प्रधान कार्यलयसँग समन्वय गरेर प्रत्येक जिल्लामा वरिष्ठ प्रहरी अधिकृतको कमाण्डमा ७ जनाको एउटा विशेष टोली परिचालन हुनेछ ।

प्रदेशको १४ वटै जिल्लामा निवार्चन कार्यलयको सुरक्षाकोे लागि २–२ प्रहरी खटिने व्यवस्था गरिएको छ । निवार्चनको ७२ घण्टा अगाडि नै नेपाल भारतको प्रमुख सिमानाका शिल गर्ने व्यस्था छ तर यसको निर्णय गृहमन्त्रालयले गर्ने छ । स्थानिय तह निवार्चनको बेला खुल्ला सिमानाकाबाट अवैध रुपमा हातहतियार थुपर्ने हुनाले सीमान्त क्षेत्रमा सशस्त्र प्रहरी जोडतोडका साथ शान्ति सुरक्षाको व्यवस्थपन गर्ने कार्यलय खटिने छ । स्थानिय निर्वाचन अन्र्तगत १ नं. प्रदेशको शान्ति सुरक्षाको लागि १ देखि २ हजार प्रहरी अपुग हुने भएकोले तालिम केन्द्र गण र प्रहरी प्रधान कार्यलय सँग सहकार्य गरेर त्यसको परिपूर्ति गर्ने तयारी भइरहेको बिसिले बताए । उनले ८ महिना देखि प्रहरी तालिम केन्द्रमा तालिम लिरहेको प्रशिक्षार्थी प्रहरी जवान हातहतियार चलाउन जान्ने भइसकेकाले आवश्यकता अनुसार तिनिहरुलाई पनि निर्वाचनमा प्रयोग गर्ने बिसिले बताए ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!