प्रहरी अस्पताल द्वारा देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । सुनसरीको देवानगञ्जमा नि:शुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाको सहयोग र देवानगञ्ज गाउँपालिका र वडा नम्बर ६ को संयुक्त  आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ५ सय भन्दा बढी बिरामीहरुले सेवा लिएको कोशी प्रदेश प्रहरी अस्पताल ईनरुवाले जनाएको छ । शिविरमा बरिष्ट मुख तथा […]

गोल्डेन हस्पिटलको नवनिर्मित भवन उद्घाटन समारोह सम्पन्न

विराटनगर । विराटनगर ११ स्थित जनपथ टोलमा निर्मित गोल्डेन अस्पतालको नयाँ भवन उद्घाटन भएको छ । आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भवनको उद्घाटन गरिएको हो । विराटनगरको हस्पिटल चोकबाट संचालन हुँदै आएको गोल्डेनले अब भने आफ्नै भवनबाट सेवा दिने भएको हो । करिब ४८ करोड लागतमा सुबिधासम्पन्न भवन निर्माण गरेको अस्पतालले केही समय […]

एनआईटीमा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न

विराटनगर । नि: शुल्क आँखा जाँच तथा स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । शनिबार  विराटनगर वडा नम्बर ४ मा रहेको नेशनल ईन्स्टिच्युट अफ टेक्नोलोजी कलेजमा जेष्ठ नागरिक समाज बिराटनगर ४ द्वारा  आयोजना गरिएको शिविरमा  १५५ जनाले नि:शुल्क आंखा जाँच र स्वास्थ्य  परीक्षण गराएको जेष्ठ नागरिक समाजका अध्यक्ष लोकेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।शिविरमा हिमाल आँखा […]

मोरङ पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा

विराटनगर । मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि हिजो विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्नु भएको हो । नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त […]

बर्जुको किक्क अफ मीटिंग सम्पन्न

विराटनगर । एजुकेशन सर्पोट वास एण्ड अदर अफ ग्रेड इन बर्जु परियोजना अन्तर्गत किक्क अफ मीटिंग सम्पन्न भएको छ । एल.डी.एस.सी हङकङको आर्थिक सहयोग, बर्जु गाउँपालिकाको सहकार्य र स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपालको प्राबिधिक सहयोगमा शुक्रवार विराटनगरको एक होटलमा किक्क अफ मीटिंग सम्पन्न भएको हो। एजुकेशन सर्पोट वास एण्ड अदर अफ ग्रेड […]

मोरङका ५२ हजार बालबालिकालाई आई.पी.भी. खोप लगाउँदै

विराटनगर। स्वास्थ्य कार्यालय मोरङले मोरङ जिल्लाका ५२ हजार ३ सय ५२ जना बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको आई.पी.भी. खोप लगाउँने तयारी गरेको छ । जेठ २६ गतेसम्म खोप लगाउने कार्यक्रम सञ्चालनमा रहने छ । आगामी जेठ १३ गतेदेखि शुरु हुने अभियानमा साढे ५ वर्षदेखि ८ वर्षसम्मका बालबालिकालाई खोप लगाईने स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले जानकारी […]

मकै बारीमा सालनालसहितको शिशु भेटियो

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा सालनालसहितको नवजात शिशु भेटिएको छ । बुधबार बिहान राप्तीसोनारी ८ ओभरीस्थित मकै बारीमा फालिएको अवस्थामा भेटिएको शिशुलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। स्थानीय ज्योति खड्का शाहले आफ्नो मकै बारीमा बच्चा रोइरहेको सुनेपछि हेर्न जाँदा सालनाल सहितको बच्चा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बच्चा कसले […]

विश्व छारे रोग दिवसको अवसरमा न्यूरोले जनचेतनामूलक र्‍यालीले निकाल्ने

विराटनगर । विराटनगरस्थित विश्व छारे रोग दिवसको अवसरमा न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी अस्पतालले जनचेतनामूलक र्‍यालीले निकाल्ने भएको छ । यही मार्च २६ मा विश्वभर आयोजना गरिने विश्व छारे रोग दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा न्युरोले यस्तो जानकारी दिएको हो । अहिले पनि न्युरोमा ३ हजार जना यसका […]

कोशीका उत्कृष्ट महिला उद्यमीलाई प्रदेश सरकारले सम्मान गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले यश प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्ने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले १४ वटै जिल्लाका १/१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले बताउनुभयो। यस्तै, प्रदेश सरकारले २०८१ सालमा ५ दिन सार्वजनिक विदा दिने मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेको उहाँले […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!