विरानटगर । विराटनगर महानगरपालिका–११ जनपथमा रहेको गोल्डेन अस्पतालले आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ । अस्पतालको सभाहलमा आइतबार विशेष कार्यक्रमको आयोजना गर्दै हस्पिटलले वार्षिकोत्सव मनाएको हो ।
अस्पतालकी अध्यक्ष आरती आनन्द रौनियार र सञ्चालक तथा प्रबन्ध निर्देशक डाक्टर श्यामकुमार रौनियारले केक काटेर वार्षिकोत्सवको खुसी साटासाट गरेका थिए ।
कार्यक्रममा बोल्दै सञ्चालक रौनियारले विभिन्न उतारचढावका बीच गोल्डेनले आफ्नो सेवा अनवरत रूपमा अगाडि बढाएको सुनाए ।
एउटा भाडाको घरबाट थालिएको गोल्डेन हस्पिटलले अहिले सुबिधासम्पन्न आफ्नै भवनबाट १०० शैय्याको सेवा प्रदान गरिरहेको उनको भनाइ छ ।
त्यसअघि स्वागत मन्तव्य राख्दै अस्पतालका सिइओ ज्याबुल हकले उपचारका लागि आउने ४० प्रतिशतभन्दा बढी बिरामी भारतीय भएको बताए ।
यस्तै वरिष्ठ फिजिसियन तथा किड्नी रोग विशेषज्ञ रमेशकुमार चौरासियाले औसत खर्चमा उपचार गराइरहेको सुनाए ।
अस्पतालका विशेषज्ञ डाक्टर, कर्मचारी तथा विद्यार्थीहरू उपस्थित रहेको थियो ।