विराट नर्सिङ होममा न्युरोसर्जन डा. मोहन कार्कीको आगमन

डुमरलाल मेहता सोमबार, माघ ०७, २०८१

विराटनगर । पूर्वी नेपालको ख्यातिप्राप्त स्वास्थ्य संस्था विराट नर्सिङ होमले आफ्नो टिममा विशिष्ट न्युरोसर्जन तथा न्युरो इन्टरभेन्सनलिस्ट डा. मोहन कार्कीलाई स्वागत गरेको छ। डा. कार्कीको औपचारिक स्वागत नर्सिङ होमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. निकिता कार्कीले खादा र मालाले सम्मान गर्दै गरेको थियो।

सीईओ डा. निकिता कार्कीले भनिन्, “हाम्रो संस्थाले सधैं बिरामीहरूलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। डा. मोहन कार्की जस्ता अनुभवी र दक्ष विशेषज्ञको टिममा सहभागिताले हाम्रो न्युरोकेयर सेवामा नयाँ उचाइ थप्नेछ।”

डा. मोहन कार्कीको आगमनसँगै पूर्वी नेपालका न्युरोलोजिकल समस्या भएका बिरामीहरूले स्थानीयस्तरमै उत्कृष्ट सेवा पाउने अपेक्षा गरिएको छ। यसले बिरामीहरूलाई राजधानी या अन्यत्र गइरहनुपर्ने बाध्यता कम गर्ने विश्वास लिइएको छ।

विराट नर्सिङ होमले पछिल्ला केही वर्षयता आफ्नो सेवा विस्तार गर्दै विभिन्न क्षेत्रमा विशेषज्ञ चिकित्सकहरूलाई नियुक्त गर्दै आएको छ। डा. कार्कीको आगमनले नर्सिङ होमको सेवा क्षमतामा वृद्धि गर्ने मात्र होइन, क्षेत्रीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई थप मजबुत बनाउने छ।

विशेषगरी न्युरोसर्जरीसम्बन्धी उपचारका लागि क्षेत्रीय बासिन्दाहरूलाई सहजता हुने र स्वास्थ्य सेवामा नयाँ अध्याय थपिने विश्वास गरिएको छ।

पूर्वी नेपालका बिरामीहरूका लागि सेवा सुविधा विराट नर्सिङ होमले यस क्षेत्रको अग्रणी स्वास्थ्य संस्था भएर काम गर्दै आएको छ। डा. कार्कीको विशेषज्ञ सेवाले न्युरोलोजिकल समस्याहरूको उपचारमा थप प्रभावकारीता ल्याउने र बिरामीहरूको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ।

नर्सिङ होमले आगामी दिनमा पनि स्वास्थ्य सेवामा नवीनता र गुणस्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!