न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा प्रवेश, रजत जयन्ती अवसरमा विविध कार्यक्रम

भोजराज घिमिरे बिहिबार, भाद्र ०५, २०८२

न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा प्रवेश, रजत जयन्ती अवसरमा विविध कार्यक्रम

विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५७ साल भाद्र ८ गते न्यूरो डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका रूपमा डा. विरेन्द्र कुमार विष्टको पहलमा स्थापना भएको यो स्वास्थ्य संस्था अहिले देशकै अग्रणी सुपरस्पेशियालिटी अस्पतालका रूपमा विकसित भइसकेको छ।

अस्पतालले २५ वर्षको यात्रामा २५ लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको छ। यस अवधिमा ७५०० भन्दा बढी न्युरो सर्जरी, ५००० भन्दा बढी मुटु सम्बन्धी प्रक्रिया र ६००० भन्दा बढी हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको तथ्याङ्क सार्वजनिक गरिएको छ।

अस्पतालका संस्थापक एवं वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्र विष्ट र अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै रजत जयन्तीका अवसरमा हुने गतिविधि, सेवा विस्तार योजना तथा आगामी रणनीतिबारे जानकारी दिएका थिए।

भट्टराईका अनुसार, हाल अस्पतालमा ६५० जनाभन्दा बढी कर्मचारी कार्यरत छन्। अस्पताललाई नेपाल सरकारबाट २५० शैयाको अस्पताल सञ्चालन गर्ने अनुमति दिइसकेको छ भने अहिले १५० शैयामा सेवा दिइँदै आएको छ। निकट भविष्यमा अस्पताललाई पूर्णरूपमा २५० शैयामा विस्तार गर्ने तयारी भएको उनले बताए।
यस्तै, अस्पतालले कोशी र मधेश प्रदेशका तीन जिल्लामा शाखा विस्तार गर्ने योजना अघि सारेको छ। झापामा जग्गा खरिद भइसकेको र अस्पताल निर्माण प्रक्रिया सुरु भइसकेको जानकारी दिँदै उनले सिराहा र सुनसरीमा समेत सेवा विस्तारको तयारी भइरहेको बताए।

डा. विष्टले २०६२ साल असोज १ गतेदेखि यस संस्थालाई ‘न्यूरो अस्पताल’को रूपमा रूपान्तरण गरिएको स्मरण गर्दै अहिले यो संस्था न्यूरोलोजी, मुटु रोग, हाडजोर्नी, स्त्री रोग तथा प्रसूति, मानसिक स्वास्थ्य, नेफ्रोलोजी, ग्यास्ट्रोलोजी, जनरल सर्जरी, ल्याप्रोस्कोपिक सेवा, नवजात शिशु तथा बाल स्वास्थ्य, कान-नाक-घाँटी, युरोलोजी, नेत्र रोग लगायत २४ वटा फरक-फरक सेवा उपलब्ध गराइरहेको उल्लेख गरे।
अस्पतालले हालै विश्वविख्यात जनरल इलेक्ट्रिक कम्पनीको अत्याधुनिक एमआरआई सेवा प्रारम्भ गरेको छ। साथै, २०८१ साल साउनदेखि नेपालकै पहिलो १२८ स्लाइस एआई पावर्ड सीटी स्क्यान मेडिनबाट सेवा दिइरहेको भट्टराईले जानकारी दिए।
रजत जयन्ती वर्षको अवसरमा अस्पतालले विभिन्न सामाजिक र स्वास्थ्यसम्बन्धी कार्यक्रमको आयोजना गरेको छ। यसअन्तर्गत—
राधाकृष्ण रथयात्रामा हेल्थ डेस्क
मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य जाँच तथा औषधि वितरण
ऐतिहासिक २५६ पिन्ट रक्तदान कार्यक्रम

भाद्र ८ देखि १४ सम्म २५ प्रकारका स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छुट

ब्लड बैंक स्थापना, सफाइ तथा हरियाली अभियान, स्वास्थ्य शिविर र सचेतना कार्यक्रम सञ्चालन

त्यसैगरी, तुलसा देवी फाउन्डेसनमार्फत हरेक वर्ष कोशी प्रदेशबाट एक जना उत्कृष्ट नर्स र एक जना उत्कृष्ट मेडिकल अफिसरलाई रु. ५१–५१ हजार नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरिएको छ।

पत्रकार सम्मेलनमा अपरेशनल डाइरेक्टर भट्टराईले भने, “विराटनगर अहिले देशकै मेडिकल हबको रूपमा स्थापित भइसकेको छ। यस हबको जिम्मेवार भागका रूपमा न्यूरो कार्डियो अस्पतालले स्वास्थ्य क्षेत्रमा निरन्तर फड्को मारेको छ।”
हाल न्यूरो कार्डियोमा उपचार गराउनेमध्ये ५० प्रतिशतभन्दा बढी बिरामी भारतबाट आउने गरेको तथ्य पनि सार्वजनिक गरिएको छ।
२५ वर्षे यात्रामा निरन्तर सेवा र प्रविधि विस्तार गर्दै आएको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले रजत जयन्ती अवसरलाई समुदाय, सेवाग्राही र सहकर्मीप्रति आभार प्रकट गर्ने माध्यम बनाएको छ। आगामी वर्षमा ‘चेन अफ हस्पिटल’को रूपमा सेवा विस्तार गर्ने लक्ष्यसहित यो अस्पताल मुलुकको स्वास्थ्य क्षेत्रमा अझ महत्वपूर्ण योगदान दिने निश्चित देखिन्छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!