गोल्डेन हस्पिटलमा बरिष्ठ न्यूरो सर्जन डा. बिबेक बैद्यको आगमन

डुमरलाल मेहता बिहिबार, माघ १७, २०८१

विराटनगर ।  विराटनगरस्थित गोल्डेन हस्पिटलले बरिष्ठ एम.सी.एच. न्यूरो सर्जन डा. बिबेक बैद्यलाई भित्र्याएको छ। नेपालका प्रख्यात न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा सँग १० वर्षको अनुभव संगालेका डा. बैद्य १६ वर्षदेखि न्यूरो तथा स्पाइन सर्जरीको क्षेत्रमा क्रियाशील छन्।

गोल्डेन हस्पिटल, विराटनगर–११ महेन्द्र चौक नजिक, सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रदान गरिरहेको छ। हस्पिटलका प्रशासक सुधिर सिंह राठौरका अनुसार, गोल्डेन हस्पिटलले नेपालकै बरिष्ठ चिकित्सकहरूलाई समेट्दै अत्याधुनिक प्रविधियुक्त उपचार सेवा दिइरहेको छ।

डा. बैद्यको आगमनसँगै अस्पतालले कोशी प्रदेशकै उत्कृष्ट ट्रमा टिम सहित इएण्टि सर्जन डा. संजिव ठाकुर, म्याक्जलोफेसियल सर्जन डा. मनिश अग्रवाल, एम्स दिल्लीका डा. अजय महत्तो, बरिष्ठ फिजिसियन डा. श्यामकुमार रौनियार लगायतका अनुभवी चिकित्सकहरूलाई समेटेको छ।

गोल्डेन हस्पिटलले २४सैं घण्टा सेवा प्रवाह गर्ने लक्ष्यका साथ एड्भान्स मोडुलर ओटी, अत्याधुनिक माइक्रोस्कोप, आइसीयू, एनआइसीयू तथा १९२ स्लाइसको ए.आई प्रविधियुक्त सीटी स्क्यान जस्ता सुविधासहित गुणस्तरीय उपचार सेवा प्रदान गरिरहेको छ।

डा. बैद्यको आगमनसँगै अस्पतालको न्यूरो तथा स्पाइन सर्जरी सेवा अझ प्रभावकारी हुने विश्वास गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!