एप्पल र फेसबुकको आम्दानीमा उच्च वृद्धि

चिप्स अभाव र प्राइभेसी चुनौती

Radio Nagarik 100.4 MHz आइतबार, बैशाख १९, २०७८

वालस्ट्रिटको पूर्वानुमानलाई गलत सावित गर्दै दुई अमेरिकी दिग्गज प्रविधि कम्पनी एप्पल र फेसबुकले चालू सन् २०२१ को पहिलो त्रैमासमा उच्च आम्दानी तथा मुनाफा गर्न सफल भएका छन् ।

बुधबार सार्वजनिक गरिएका पहिलो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार पहिलो त्रैमासिक अवधिमा फेसबुकको कूल आम्दानीमा ४८ प्रतिशतले वृद्धि भएको छ । अर्थात् जनवरी देखि मार्च सम्मको अवधिमा फेसबुकले कूल २६ अर्ब १७ करोड आम्दानी गरेको छ । यसबाट फेसबुकले खूद मुनाफा साढे ९ अर्ब डलर गर्न सफल भएको छ ।त्यस्तै पछिल्लो पटक सार्वजनिक गरेका फाइभ जी आइफोनको लोकप्रियतासँगै एप्पलले सन् २०२१ का सुरूका ३ महिनामा ८९ अर्ब ६० करोड डलर आम्दानी गरेको छ । त्यसमध्ये खूद मुनाफा २३ अर्ब ६० करोड डलर रहेको छ । यो मुनाफा कुनैपनि त्रैमासिकमा एप्पलले गरेको अहिलेसम्मकै बढी मुनाफा हो ।

महामारीका बेला एप्पलका प्रडक्टहरुको विक्रिमा देखिएको ऐतिहासिक विक्रीदर निरन्तर रहेको देखिएको छ । पछिल्लो त्रैमासिक अवधिमा महंगो मूल्यको आइफोन १२ मात्र नभई महामारीका बेला घरबाटै काम गर्ने कर्मचारी तथा विद्यार्थीहरुका कारण म्याक कम्प्युटर र आइप्याण्डको बिक्रि पनि उच्च रह्यो ।

बितेको त्रैमासिकमा आइफोन बिक्रिबाट मात्र एप्पलले ४७ अर्ब ९० करोड आम्दानी गरेको छ । त्यस्तै म्याक कम्प्युटरको बिक्रिबाट उक्त ३ महिनामा एप्पलले ९।१ अर्ब आम्दानी गर्यो भने आइप्याडको बिक्रिबाट ७।८ अर्ब डलर आम्दानी ग्र्यो । यस अवधिमा म्याकको बिक्रिमा ७० प्रतिशत तथा आइप्याण्डको बिक्रिमा ७९ प्रतिशतले वृद्धि भएको एप्पलले जनाएको छ ।

एप्पलका अधिकारीहरुले भने कम्प्युटर चिप्सको विश्वव्यापी अभावले आगामी दिनमा एप्पलको आम्दानीमा उल्लेख्य प्रभाव पार्ने बताएका छन् । चिप्सको अभावले खासगरी म्याक र आइप्याडको आपूर्ति श्रृंखलामा अवरोध सिर्जना हुने उनको अनुमान छ ।

उता महामारीका बेला उपभोक्ताहरु अनलाइन सपिङतर्फ मोडिएको बेला डिजिटल विज्ञापनमा भएको तिब्र वृद्धि तथा विज्ञापन शुल्कमा पनि वृद्धि हुँदा फेसबुकलाई ठूलो फाइदा पुगेको छ । पछिल्लो रिपोर्ट अनुसार फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्यामा पनि १० प्रतिशतको बढोत्तरी भई २ अर्ब ८५ करोड पुगेको छ ।

वर्षको पहिलो त्रैमासिक भएको आम्दानीको वृद्धि आगामी दिनमा सुस्त हुनसक्ने अनुमान फेसबुकको छ । खासगरी एप्पलले आइफोनको प्राइभेसी सम्बन्धी नियममा गर्ने परिवर्तनले फेसबुकको विज्ञापनबाट हुने आम्दानीमा नकारात्मक असर पार्ने फेसबुकले जनाएको छ ।

एप्पलले आइफोनका एप डेभलपर्सहरुले विज्ञापनिक प्रयोजनका लागि डाटा संकलन गर्न प्रयोगकर्ताको अनुमति लिनुपर्ने गरी आफ्नो प्राइभेसी नियममा परिवर्तन गर्दैछ । यसले आफ्नो विज्ञापन व्यवसायमा असर पर्ने र प्रयोगकर्ताको पर्सनलाइज्ड विज्ञापनमा आधारित अन्य स साना कम्पनीहरुलाई समेत मार पर्ने दाबी फेसबुकले गरेको छ ।

फेसबुक संस्थापक मार्क जुकरबर्गले विज्ञापन बाहेक आगामी दिनमा खासगरी ३ वटा क्षेत्रमा फेसबुकले ध्यान केन्द्रित बताएका छन् । आगामी दिनमा अग्मेन्टेड तथा भर्चुअल रियालिटी, इ कमर्श फिचरका साथै फेसबुक प्लाटफर्ममा सर्जकहरुले समेत आम्दानी गर्ने फिचरमा फेसबुकले ध्यान केन्द्रित गर्ने जुकरबर्गले जनाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!