बिराट एक्सपो २०२५: हुलास मोटर्सको काग्रो हस्तान्तरण

डुमरलाल मेहता सोमबार, माघ १४, २०८१

विराटनगर । बिराटनगरमा जारी बिराट एक्सपो २०२५ का अवसरमा हुलास मोटर्सले आफ्नो विद्युतीय काग्रो सार्वजनिकरूपमा हस्तान्तरण गरेको छ। अर्जुन मेहताले हुलास मोटर्सको काग्रो खरिद गर्नुभएको हो।

हुलास मोटर्सको तर्फबाट मुदित गोल्छा र उद्योग संगठनका पूर्व प्रतिनिधि श्याम पौडेलले संयुक्तरूपमा काग्रो हस्तान्तरण गर्नुभएको थियो। हुलास मोटर्सले यस एक्सपोमा काग्रो र सिटी रिक्साको ब्याट्री समेत उपलब्ध गराएको छ।

कम्पनीका सेल्स म्यानेजर बिरल आचार्यका अनुसार हुलास मोटर्सले वातावरणमैत्री र आधुनिक प्रविधिमा आधारित विद्युतीय सवारीसाधनको प्रवर्द्धनमा ध्यान दिएको छ। “काग्रो र सिटी रिक्साको ब्याट्रीले उपभोक्तालाई ऊर्जा-कुशल र किफायती विकल्प प्रदान गर्नेछ,” उहाँले बताउनुभयो।

बिराट एक्सपो २०२५ ले स्थानीय व्यवसाय र प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न उत्पादन र सेवाहरू प्रदर्शन गर्दै आएको छ। हुलास मोटर्सको यो योगदानले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!