चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने शान्तिवनमा

Radio Nagarik 100.4 MHz शुक्रबार, माघ २६, २०८०

विराटनगर । एभरेष्ट साईन्स सेन्टरले “शान्तिवन देखि चन्द्रमा सम्म – २” मा चन्द्रमाबाट ल्याएको ३ अर्ब ७५ करोड बर्ष पुरानो चट्टान प्रदर्शन गरिने दावी गरेको छ ।

आजको युग विज्ञान तथा प्रविधिको युग भएकोले कुनै पनि देशको विकास गर्नका लागि विज्ञान तथा प्रविधिको विकास हुनु प्रमुख शर्त हो । त्यसैले नेपालमा पनि विज्ञान तथा प्रविधिको विकास गर्नका लागि केही मात्रामा भएपनि आफ्नो तर्फबाट योगदान पुर्याउन नेपाली प्रथम
विज्ञान केन्द्रका रुपमा सुनसरी जिल्ला, वर्जु गाउँपालिका ५, सीतागञ्ज स्थित शान्तिवनमा एभरेष्ट साईन्स सेन्टर नेपाल सन् २००२ मा अर्थात् आर्थिक वर्ष २०५८/०५९ मा सुरुवात भएको हो । उत्त विज्ञान केन्द्रले स्थापना काल देखि हाल सम्म विभिन्न किसिमका विज्ञान प्रदर्शनी, तालिम, Science and Space Camp, सेमिनार, कार्यशाला गोष्ठी (Workshop) तथा विज्ञान मेलाहरुको आयोजना गर्दै आएको छ । सन् 2013 मा यसले अमेरिकी अन्तरीक्ष संस्था (NASA, Houston, Texas सित सम्झौता गरी यसै केन्द्रको भवनमा “शान्तिवन देखि चन्द्रमा सम्म” (From ESCN to the Moon) शीर्षकमा Apollo-17 वाट ल्याइएको चटटान (Moon Rock) दुई महिनासम्म प्रदर्शन गरिएको एभरेष्ट साईन्स सेन्टरका अध्यक्ष डा. दिलिप अधिकारीले जानकारी दिनुभयो ।सोही अनुरुप यस पटक पनि आगामी April 11, 2024 देखि October 31, 2024 सम्म ६ महिना यसै विज्ञान केन्द्रमा “शान्तिवन देखि चन्द्रमा सम्म-२” (From ESCN to the Moon-2) शिर्षकमा प्रदर्शन हुन गइरहेको छ । जुन नेपाली नयाँ वर्षको उपलक्ष्यमा २०८१ साल वैशाख ३ गतेदेखि प्रदर्शनमा राखिन लागिएको हो । यो Moon Rock Sample पनि २०१३ मा शान्तिवनमै प्रदर्शनमा राखिएको Sample हो । जस्लाई Apollo-17 बाट चन्द्रमा पुगेका अन्तरिक्षयात्री ज्याक सच्मिरले ल्याएका थिए । राखिन लागिएको Sample को वजन १२० ग्राम छ । यस चट्टानलाई मैयर बसाल्ट (Mare Basalt) भनिन्छ । यो चट्टान ३ अरब ७५ करोड वर्ष पुरानो भएको र पृथ्वीमा पाइने सबैखाले पुराना चट्टान भन्दा 99.99% पुरानो भएको तथ्य यस चट्टानको विस्तृत परीक्षणबाट पुष्टि भएको छ । जुन स्याम्पल Apollo-17 बाट पृथ्वीमा ल्याइएको एउटै ८ kg ११० गम को ठूलो टुक्राबाट छुट्याएको हो ।

प्रदर्शनीमा राखिने चन्द्रमाको चट्टान (Moon Rock) लाई NASA ले पृथ्वीको कुनै पनि असर नपर्ने गरी पारदर्शी डिजाइनमा राखिने छ। प्रदर्शनीमा सहभागी हुन र निरीक्षण तथा Presentation दिनका लागि 13-22 May. 2024 मा JSC-NASA, Houston, Texas, USA का वरिष्ठ वैज्ञानिकले सप्ताहव्यापी नेपाल भ्रमण गर्नु हुनेछ । यसै अवधिमा विराटनगर (शान्तिवन), काठमाडौं, लुम्बिनी, नेपालगञ्ज र धनगढीमा समेत प्रस्तुती दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

यस्तो किसिमको प्रदर्शनीले नेपाललाई अन्तरराष्ट्रीय जगतमा चिनाउनुका साथै अध्ययन गरि रहेका बिद्यार्थीहरुका लागि जानकारी मुलक हुने आयोजकको भनाई रहेको छ ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!