विराटनगरमा महानगरस्तरीय विज्ञान प्रदर्शन

Radio Nagarik 100.4 MHz आइतबार, फाल्गुण ११, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाद्वारा आयोजित महानगरस्तरीय अन्तरविद्यालय विज्ञान प्रदर्शनीमा सेन्टमेरी बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा सहभागी ४७ विद्यालयलाई पछि पार्दै सेन्टमेरीले शीर्ष स्थान प्राप्त गरेको हो।
त्यस्तै, शिक्षादीप सेकेण्डरी स्कुल द्वितीय स्थानमा रहँदा गोदावरी सेकेण्डरी स्कुल तृतीय स्थानमा पुगेको छ। कान्तिपुर सेकेण्डरी स्कुलले सान्त्वना स्थान हासिल गर्न सफल भयो। विधागत श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच विद्यालयलाई पुरस्कृत गरिएको थियो। उत्कृष्ट विश्लेषण र प्रस्तुतिका लागि आदर्श मावि, उत्कृष्ट विषयवस्तुका लागि एभरेष्ट मावि, उत्कृष्ट भविष्यात्मक दृष्टिकोणका लागि विकेभिएम स्कुल, उत्कृष्ट उद्यमशीलताका लागि डिएभी स्कुल तथा उत्कृष्ट स्टल सजावटका लागि अर्किट सेकेण्डरी स्कुल पुरस्कृत भएका छन्।


विजेताहरुलाई क्रमशः प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार तथा सान्त्वना स्थान प्राप्त विद्यालयलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। त्यस्तै, विधागत श्रेणीका विजेताहरुलाई २–२ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिए।
कार्यक्रमको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरेका थिए। उद्घाटन समारोहमा उनले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूलाई प्रतिस्पर्धात्मक क्षमताको विकास गर्नका साथै अनुसन्धानमा प्रेरित गर्ने बताए। विज्ञान र प्राविधिक शिक्षालाई महानगरपालिकाले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले प्रदर्शनीले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग गरेको बताए।
उपमेयर शिल्पा निराला कार्कीले विद्यालय तहदेखि नै खोज र अनुसन्धानमा प्रेरित गर्न विज्ञान प्रदर्शनी महत्त्वपूर्ण हुने धारणा राखिन्। विज्ञान र प्रविधिमा विद्यार्थीहरूको आकर्षण बढाउन महानगरले हरेक वर्ष प्रदर्शनी आयोजना गर्दै आएको उनले जानकारी गराइन्।
कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई मोरङका निमित्त प्रमुख जीवन गड्तौलाले महानगरपालिकाले विज्ञान प्रदर्शनीमार्फत विद्यालयहरूबीच प्रतिस्पर्धी क्षमताको विकास गराएको बताए। प्रदर्शनीमा ९ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी भएका थिए, जसमा हरेक विद्यालयबाट पाँचजना विद्यार्थी सहभागी थिए।
यस विज्ञान प्रदर्शनीलाई सफल बनाउन हिसान मोरङ, प्याब्सन विराटनगर, एन–प्याब्सन विराटनगर र नगर बाल क्लब सञ्जालले सहकार्य गरेका थिए। गत वर्ष करिब १० हजार दर्शकले अवलोकन गरेको प्रदर्शनीमा यस वर्ष १५ हजारभन्दा बढी विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको शैक्षिक प्रशासन महाशाखाका अधिकृत रमेश ढुंगानाले जानकारी दिए।
प्रदर्शनीको मूल्यांकनका लागि मेची बहुमुखी क्याम्पसका प्राध्यापक सरोज नेपाल प्रमुख निर्णायक रहेको समितिले स्मार्ट साइन्स, एग्रिकल्चर र इनोभेसनलाई आधार मानेर निर्णय गरेको थियो।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!