बर्जुको रामसीता मा.विको कम्प्युटर ल्यावमा लागलागि हुदा ५० लाख भन्दा बढीको क्षती

Radio Nagarik 100.4 MHz बुधबार, जेठ २३, २०८१

विराटनगर । सुनसरीको बर्जु–२ भिमनगर स्थित रामसीता माध्यमिक विद्यालयको कम्प्युटर ल्यावमा आगलागि भएको छ । सोमबार रातीको समयमा विद्युत सट भएर आगलागि भएको हो । विद्युत सर्ट भएर आगलागि हुँदा ल्यावमा भएका सम्पूर्ण सामानहरू नष्ट भएको प्रधानाध्यापक सूर्यनारायण मेहताले बताउनुभयो ।

ल्याबको सबै कम्प्यूटर जलेर नस्ट हुदा प्राविधिकका विद्यार्थीहरूको पढाइमा समस्या हुने भएको छ । आगलागीका कारण ५० लाख बढीको क्षति भएको छ। प्रधानाध्यापक मेहताको भनाइ छ ।
२०७६ सालमा स्थापना गरिएको ल्यावमा भएको आगलागीका कारण सबै सामग्री नष्ट हुँदा विद्यालयले ठूलो नोक्सानी बेहोर्नु परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार यादवले बताउनुभयो । गाउँपालिका, प्रदेश सरकार र अन्य दाताहरूसँग सहयोग मागेर चाँडै ल्याव सञ्चालनमा ल्याउने उहाँको भनाइ छ ।

आगलागिबाट ३० थान कम्प्यूटर सेट, २ थान ल्यापटप, ७५ इन्चको इन्टरएक्टीम बोर्ड १ थान, एसी २ थान, १ थना यूपीएस र १६ सेट लिथियम ब्याट्रीमा क्षती भएको छ। त्यसै गरी पावर गार्ड सिीटम १ थान, प्रोजेक्टर २ थान, पोजेक्टर स्क्रीन १ थान, सिसिटिभी क्यामेरा ६ थान सहित फर्निचर लगायतमा क्षती भएको छ ।
बर्जु गाउँपालिकाका नमुना विद्यालयको रुपमा रहेको यो विद्यालयमा अंग्रेजी र नेपाली माध्यममा पठापाठन भइरहेको छ । ९८४ जना अध्ययनरत विद्यार्थी रहेका छन् ।

 

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!