कोशी प्रदेशको आमसञ्चार विधेयकमा थप छलफल आवश्यक : मुख्यमन्त्री कार्की विराटनगर – नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले सरकार पत्रकारहरूको माग र सरोकारलाई गम्भीरतापूर्वक लिएको बताएका छन्। मुख्यमन्त्री कार्कीले प्रस्तुत आमसञ्चार विधेयकमा अझै छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सभामा तत्काल पारित हुने सम्भावना कम भएको प्रष्ट पारे। […]
न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ वर्षमा प्रवेश, रजत जयन्ती अवसरमा विविध कार्यक्रम विराटनगर । न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल २५ औं वर्षमा प्रवेश गरेको छ। वि.सं. २०५७ साल भाद्र ८ गते न्यूरो डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका रूपमा डा. विरेन्द्र कुमार विष्टको पहलमा स्थापना भएको यो स्वास्थ्य संस्था अहिले देशकै अग्रणी सुपरस्पेशियालिटी अस्पतालका रूपमा विकसित […]
बुद्धशान्तीमा अखिल नेपाल महिला संघद्वारा तीज विशेष कार्यक्रम, सात जना व्यक्तित्वलाई सम्मान बुद्धशान्ती–२, जयपुरचोकस्थित सामुदायिक भवनमा अखिल नेपाल महिला संघ, बुद्धशान्ती गाउँ कमिटी झापाले तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा सन्देशमूलक नाटक, विविध सांस्कृतिक प्रस्तुति तथा महिलाहरूको आकर्षक नृत्य प्रस्तुतिहरूले उत्सवको माहोल सिर्जना गरेका थिए। “म छम छम” गीतमा महिलाद्वारा प्रस्तुत नृत्यले […]
निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम, निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा नेपालभर बीआइएममा प्रथम, ३.९८ जीपीए हासिल विराटनगर । विराटनगरको निहारिका कलेजकी छात्रा पूर्णिमा खतिवडा ले व्यवस्थापन संकाय (बीआइएम) को पहिलो सेमेष्टर परीक्षामा ३.९८ जीपीए ल्याउँदै नेपालमै पहिलो स्थान हासिल गरेकी छिन्। त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०८१ सालमा सम्पन्न परीक्षामा प्राप्त यस उपलब्धिले उनले […]
ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा विराटनगरमा विश्व एकता र बन्धुत्वका लागि बृहत् रक्तदान विराटनगर – ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको आयोजनामा दादी प्रकाशमणिजीको पुण्यतिथि तथा विश्व बन्धुत्व दिवसको अवसरमा नेपाल–भारतभर एकसाथ बृहत् रक्तदान अभियान हुने भएको छ। नेपालतर्फ यस अभियानको नेतृत्व विराटनगरस्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले गर्नेछ। भदौ ६ देखि ९ गतेसम्म (अगस्ट २२–२५) सञ्चालन हुने कार्यक्रममा […]
महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको नेतृत्वमा नयाँ समिति विराटनगर, भदौ २५ – महिला उद्यमी महासंघ कोशी प्रदेशमा कृति श्रेष्ठ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ। सोमबार विराटनगरमा आयोजित महिला उद्यमी भेलामा महासंघकी केन्द्रीय अध्यक्ष शोभा ज्ञवालीको उपस्थितिमा समिति गठन गरिएको हो। समितिमा उपाध्यक्षमा सुशीला सापकोटा, सचिवमा सपना रिजाल, कोषाध्यक्षमा […]
नेवारी समुदायद्वारा विराटनगर, काठमाडौं, हेटौंडालगायत ठाउँमा गाईजात्रा मृतात्माको चिरशान्तिको कामना गर्दै नेवारी समुदायले आइतबार बिहान विराटनगर, काठमाडौं, हेटौंडालगायत विभिन्न स्थानहरूमा झाँकीसहित वृहत गाईजात्रा र्याली निकालेका छन्। विभिन्न भेषभूषामा सजिएका सहभागीहरूसहित झिःपुचबाट सुरु भएको जात्रा विशेषगरी नेवार समुदायको सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म मनाइने परम्परागत ‘गाईजात्रा’ आइतबार देशभर कार्यक्रमको […]
विराटनगर । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरको प्राविधिक सहयोगमा आदर्श विद्यालय पूर्व विद्यार्थी संघले आयोजना गरेको खुला रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको संघको अध्यक्ष अन्जु पराजुलीले बताउनुभयो । विराटनगर–९ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा आदर्श विद्यालयका पूर्व शिक्षक जगदीश गौतम, पूर्व शिक्षक मदन सापकोटा तथा आदर्श मिलन केन्द्रका अध्यक्ष नारायण श्रेष्ठलगायतका अग्रज व्यक्तित्वले […]
मोरङ चेम्बर अफ कमर्सकाे अध्यक्षमा शिवप्रसाद रिजाल निर्विरोध चयन भोजराज घिमिरे, विराटनगर, साउन १८ मोरङ चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभाबाट शिवप्रसाद रिजाल सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। अधिवेशनले नयाँ कार्यसमिति समेत सर्वसम्मत रूपमा चयन गरेको हो। नयाँ कार्यसमितिमा घनश्याम कवरा र तुलसी प्रसाद पोखरेल उपाध्यक्षमा चयन भएका छन् […]