
काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता […]
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् । शुक्रबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले केही व्यक्तिले पार्टी विधान उल्लंघन गरे पनि जनता समाजवादी पार्टी एउटै रहेको दावी गरे । ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेतासँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली फर्किएका छन्। देउवा निवासमा आज अपरान्ह करिब एक घण्टा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित नेताहरू र कांग्रेस नेताहरूबीच छलफल भएको थियो। कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भर्खरै छलफल सकिएको बताए। छलफलमा प्रधानमन्त्री ओलीले सहकार्य गरी जान कांग्रेससँग सहयोग मागेका थिए। जवाफमा कांग्रेसले सरकारले […]
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँगेसका सभापति शेरवाहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री र देउवाबीच देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयो । सो भेटमा नेकपा एमालेका नेताहरू सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल लगायतको उपस्थिति रहेको थियो
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले निरंकुशता अन्त्य गर्न स्थापित भएको पार्टीभित्रको निरंकुशता स्विकार गर्न नसकिने बताएका छन् । शनिबार विराटनगरस्थित कोईराला निवासमा पार्टीमा नव प्रवेशीहरुलाई स्वागत गर्दै कोइरालाले भने,“नेपाली कांग्रेस निरंकुशता अन्त्य गरी लोकतन्त्र स्थापना गर्न बनेको पार्टी हो । त्यसैले पार्टीभित्रको निरंकुशता पनि कुनै हालतमा स्वीकार्य हुन सक्दैन ।” उनले लोकतन्त्रको जगेर्ना नै […]
नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन भएको छ । प्रदेश ,जिल्ला र नगरतहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो । युवा संंघ नेपाल महानगर कमितिको उपाध्यक्ष क्रमश कल्याण कटुवाल र ईश्वर माझी त्यसैगरी सचिवमा जुनु पोख्रेलसहसचिवका […]
सरकारले तराई–मधेश आन्दोलनसँग सम्बन्धित १५ मुद्दाका १२० अभियुक्तका मुद्दा फिर्ता लिएको छ । जनता समाजवादी पार्टीसँगको वार्ताका क्रममा सरकारले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले मधेश र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्धित मुद्दा फिर्ता लिने क्रम जारी रहेको आज सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार […]
आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरिएको छ । बैठक तयारीका क्रममा गरिएको पिसिआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ को सङ्क्रमण तीव्र गतिमा बढिरहेका बेला ठूलो […]