केही मान्छेले विधान उल्लंघन गरे, तर जसपा एउटै छ : उपेन्द्र यादव

Radio Nagarik 100.4 MHz शनिबार, जेठ २९, २०७८

 काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् ।

शुक्रबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले केही व्यक्तिले पार्टी विधान उल्लंघन गरे पनि जनता समाजवादी पार्टी एउटै रहेको दावी गरे । ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि एउटै छ’ उनले भने, ‘पार्टीबाट निष्कासन गर्न कमिटी चाहिन्छ । केन्द्रीय कमिटीमा बहुमत चाहिन्छ ।
यादवले सरकारमा जानेहरुले मधेश आन्दोलनलाई धोका दिएको टिप्पणी गरे । ‘केही मान्छेहरु पलायन भएर सरकारमा गएका हुन् । यो दुर्भाग्यपुर्ण छ, उहाँहरुले त्यो विस्तारै बुझ्नहुन्छ गलत बाटो हो भनेर । त्यो गलत बाटोले मधेश आन्दोलनलाई धोका दिन्छ । उहाँहरुको राजनीतिक जीवनलाई कलंकित गर्छ’ उनले भने ।
प्रधानमन्त्रीलाई साथ दिने जसपा नेता निकटका नेतालाई प्रदेश २ सरकारबाट हटाइएको भन्दै उनले अब प्रदेश २ मा तपाईंहरु ९जसपाको उपेन्द्र यादव पक्ष० को सरकार जोगियो अब अन्यत्र के हुन्छ रु भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले छोटो प्रतिक्रिया दिएका गरेका छन्, ‘अब अन्यत्र केपी ओलीको सरकार ढल्दै जान्छ ।’
यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने प्रदेश सरकारहरु विस्तारै ढल्दै जाने पनि बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!