शाक्यको अध्यक्षता नेकपा एमाले खनाल–नेपाल पक्षले गरे युवा संंघ नेपाल महानगर कमिटी गठन

Radio Nagarik 100.4 MHz बुधबार, बैशाख १५, २०७८

नेकपा एमालेको खनाल–नेपाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन भएको छ । प्रदेश ,जिल्ला र नगरतहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको खनाल–नेपाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो । युवा संंघ नेपाल महानगर कमितिको उपाध्यक्ष क्रमश कल्याण कटुवाल र ईश्वर माझी त्यसैगरी सचिवमा जुनु पोख्रेलसहसचिवका क्रमश ,संजय गुप्ता,निरज मल्ल,दिना यादव र कोषाध्यक्षमा रितेष गौतम रहेको छन् । नेकपा एमाले केन्द्रीय सदस्य एव पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा एमाले विराटनगर महानगर कमिटिको कार्यलयमा समपन्न भएको थियो । मंगलबारमात्र बिमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय लोतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगरगठन भएको थियो। खनाल–नेपाल पक्षले चैत २८ गते एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो । दुवै कमिटी गठन गरेको दुई हप्तापछि सो समूहले महानगरपालिकामा आफ्नो कार्यालय स्थापना स्थापना गरी समानान्तर गतिविधि गदै आएको एमालेको खनाल–नेपाल पक्षका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!