जसपा यादव पक्षद्वारा निर्वाचन आयोगसँग पार्टी आधिकारिताको माग

Radio Nagarik 100.4 MHz शुक्रबार, आषाढ ०४, २०७८

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगसँग पार्टी आधिकारिताको माग गर्दै पत्र बुझाएको छ । सो पक्षले शुक्रबार निर्वाचन आयोग पुगी आधिकारिताको माग गरेको हो । जसपाको केन्द्रीय कार्यकारिणी समितीको बैठकबाट पार्टीको अन्तरिम विधान बमोजिम अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुलाई अनुशासनको कारबाही गरिएको पनि सो पक्षले दावी गरेको छ ।

जसपा अध्यक्ष यादव पक्षले राजनीतिक दल सम्बन्धि विवरण उल्लेख गर्दै पत्रमा विधान बमोजिम दलको बहुमत केन्द्रीय कार्यकारिणी समितिकासदस्यहरु आफ्नो पक्षमा रहेकाले विवाद उत्पन्न अघिको दलको हैसियतको मान्यता दिन  ग गरेको छ ।

पार्टीको आधिकारिकताको लागि जसपा नेपालको कार्यकारिणी समितकिो असार ३ गतेको निर्णय बमोजिम लिखित दाबी पेश गरिएको सो पक्षले जनाएको छ । आयोगले पार्टीलाई आधिकारिता प्रदान नगर्दा पार्टीको कामकाज तथा आन्तरिक संगठानिक परिचालनको काम समेत अवरुद्धभएकोभन्दै आधिकारिकताको माग गरेको बताएको छ ।

दलका बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेकाले आधिकारिकता दिन माग गर्दै पत्रमा अध्यक्ष ठाकुर पक्षले पार्टीको अन्तरिम विधान विपरित कामकाज गरी पार्टी विभाजन गर्ने मनसायसाथ काम गरिरहेको आरोप पनि लगाएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!