सुनसरी । ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा श्रीमान र श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेको प्रहरीले जनाए । आज बिहान ६ बजे स्थानियले घर नजिकै […]
काठमाडौं । वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित सो अभिव्यक्ति फिर्ता लिएका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता […]
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्ति सरकारमा जाँदैमा पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् । शुक्रबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग कुरा गर्दै उनले केही व्यक्तिले पार्टी विधान उल्लंघन गरे पनि जनता समाजवादी पार्टी एउटै रहेको दावी गरे । ‘केही मान्छेले पार्टीको विधान उलंघन गरेका छन् । तर, जसपा अहिले पनि […]
२८ जेठ, काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो । गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको […]
विराटनगर, २६ जेठ । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना […]
कुशवाहा राहत सङ्कलन तथा बितरण महाअभियान्ताको टोली विराटनगर महानगरपालिकाको वार्ड नम्बर १३ र १४ मा १९ घरपरिवारलाई राहत वितरण गरेको संयोजक गुनान्द महतोले बताए । गरिब तथा अतिविपन्न परिवारमा खाद्यान्न सामाग्री चामल,दाल,नुन र तेल सहितको सामाग्री लिएर घर दैलो पुगेको बताए । समिति सदस्य तथा महाअबियन्ता रामनारायण मेहताका अनुसार महानगरको वाड नम्बर १,५,१२,१३ र १४ […]
देवानगञ्ज, २४ जेठ । सुनसरीको देवानगञ्ज गाउँपालिका ५ साहेबगञ्जबाट स्रोत नखुलेको १४ लाख रकमसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विनोदकुमार साह र रोशन साह रहेका छन् । मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधवप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार साहेबगञ्ज […]
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलगायतलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको छ । यसअघि संघीय सरकारले ५० प्रतिशत भत्ता दिने निर्णय गरेको थियो । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश सरकारले खटाएका फ्रन्टलाइनरलाई सुरु तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको हो ।सामाजिक विकास मन्त्री उषाकला राईका अनुसार कोरोना […]
इटहरीमा ५० शैयाको आइसोलेसन सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । इटहरी उपमहानगरले संचालन गर्न लागेको आइसोलेसन अवको तीन दिन भित्रमा तयार भइसक्ने गरि तयारी तिव्र पारिएको हो । इटहरी ९ रंगशालामा गत बर्ष संचालित आइसोलेसनमा आवश्यक तयारी गरिएको हो । आइसोलेसनमा यस वर्ष पनि महिला र पुरुष संक्रमितका लागि अलग अलग स्थानको ब्यवस्था गरिएको […]
भाटभटेनी सुपरमार्केट इटहरीले इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा पाँचलाख एकसय एक रुपियाँ सहयोग गरेको छ । सुपरमार्केटका तर्फवाट उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी तथा उपमेयर लक्ष्मी गौतमलाई चेक हस्तान्तरण गरिएको हो । कोरोना महामारीले समस्या पारिरहेको वेला कोषमा सहयोग गरेकोमा भाटभटेनी सुपर मार्केट इटहरीलाई प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो ।