मोरङ । विराटनगरमा विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दु:ख हैरानी दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ८ अमरटोल १८ बर्षीय प्रधुम्न राय र २३ बर्षीय आनन्द कुमार साह रहेका छन् । उनिहरुले विराटनगर महानगरपालिका अन्तर्गत रहेको विभिन्न अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी यहाँ डक्टर राम्रो […]
काठमाडौं । शुक्रबार आयोजना भएको कार्यक्रममा शैक्षिक गुणस्तर परीक्षण केन्द्र महानिर्देशक शिवकुमार सापकोटाले ‘विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण २०१९’ प्रतिवेदन सार्वजनिक गर्दै एक हजार ८०० विद्यालयमा नमुना परीक्षण गर्दा अधिकांश विद्यार्थीले पाठ्यक्रमको ५० प्रतिशतभन्दा न्यून विषयवस्तुमा न्यून दक्षता हासिल गरेको बताए । लिखित पाठ्यक्रम र हासिल भएको पाठ्यक्रमबीचको अन्तरको कारण विद्यार्थीमा सिकाइको उपलब्धि कमजोर भएको उनको […]
काठमाडौं । अक्टोबरमा माल्दिभ्समा हुने १३औं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आगामी सेप्टेम्बरमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । भारतसँगको खेल साफअघि नेपालको लागि तयारी गर्न अवसरको रुपमा रहनेछ । नेपाल र भारतबीच सेप्टेम्बर २ र ५ ९भदौ १७ र २० गते० मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा खेल हुनेछ । नेपालले सन् २०१७ […]
काठमाडौँ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार क्षेत्रको अहिलेसम्मकै ठूलो कारबाही गरेको छ । ग्राहकको मन्जुरी नलिई गेमलफ्ट, ह्वावे एप ग्यालरीजस्ता भ्यालु एडेड सर्भिस (भ्यास) आफैँ नवीकरण ९अटो रिन्यु० गरेर ग्राहकबाट रकम लिएको भन्दै प्राधिकरणले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई एक अर्ब ११ करोड २९ लाख रुपियाँ क्षतिपूर्ति भराउने निर्णय गरेको हो । साउन […]
काठमाडौं । आर्थिक वर्ष २०७६र७७सम्म बेरुजु रुकम ४ खर्ब १८ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ । तर, सरकारले कारवाही गरेर टुंगो लगाउनुपर्ने कुल रकम भने ६ खर्ब ७६ अर्ब ४१ करोड रूपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८औं वार्षिक प्रतिवेदनअनुसार बेरुजु रकम ५३ करोड रूपैयाँले बढेको छ । आर्थिक वर्ष २०७५र७६सम्म बेरुजु रकम […]
काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपाल र महन्थ ठाकुरलाई नयाँ दल दर्ताका लागि भदौ ९ गते पार्टी सनाखतको लागि बोलाएको छ । शुक्रबार आयोगले नेपाल नेतृत्वले दल दर्ताका लागि प्रस्ताव गरेको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी सनाखत गर्न भदौ ९ गते बोलाइएको आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाले जानकारी दिए । आयोगको […]
काठमाडौं । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । नौकुण्ड गाउँपालिका(५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ । ‘श्यामबहादुरकी श्रीमती र […]
काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै गत फागुन २३ मा एमाले ब्युँताएपछि विभिन्न राजनीतिक र सांगठनिक मुद्दामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच बढ्दै गएको मतभेद विभाजनसम्म पुगेको हो । एमाले विभाजनले ओली र नेपालबीचको पाँच दशक लामो सहकार्यमा ‘ब्रेक’ लागेको छ । संसद्को सबैभन्दा ठूलो दल एमाले औपचारिक रूपमा विभाजित भएको […]
काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) गुमाउने भएका छन् । यही अगष्ट अन्तिमदेखि सीपीएल टी)२० क्रिकेट आयोजना हसँदैछ । तर सन्दीप यसपटक राष्ट्रिय टिममा व्यस्त रहने भएकोले सीपीएल गुमाउने भएका हुन् । यसअघि भिसा समस्याका कारण सन्दीपले टी(२० भाइटालिटी ब्लास्ट र दी हन्ड्रेड गुमाएका थिए । सीपीएल यक […]
काठमाण्डौ । संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको भनाइ छ । ‘संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको ओली प्रवृत्तिकै निरन्तरता हो । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी […]