तस्करीको कपडा नछोड्दा प्रहरीमाथि तस्करको हातपात

Radio Nagarik 100.4 MHz आइतबार, भाद्र १३, २०७८

विराटनगर । भारतदेखि अवैध रूपमा मध्य राती तस्करी भएर आएको कपडा नियन्त्रण लिन खोज्दा तस्करले प्रहरीमाथि हातपात गरेको छ ।

कपडा तस्करी गर्ने तस्करको गिरोह विराटनगर १३ का ३२ वर्षिय नरेश यादवले डियुटिमा खटिएका प्रहरीमाथि हातहात गरेको हो । तस्करी गरेर ल्याएको ९ पोका कपडा प्रहरीले छोडन नमान्दा तस्कर यादवले डियुटिमा खटिएका प्रहरीमाथि हातपात गरेको मोरङ प्रहरीले जनाएको छ ।

प्रहरीले तस्करीमा संलग्न यादव र को २ ह ६२२६ नम्बरको अटोमा तस्करी गरि ल्याउँदै गरेको ९ पोको कपडा पनि प्रहरीले बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद भएको एक पोका ३० देखि ४० पिस कपडा हुने गर्दछ ।

शनिबार राती तस्करीको कपडा आएको सूचना पाएपछि विराटनगर १२ स्थित बखरी प्रहरी चौकीका असाइ भुवन श्रेष्ठको नेतृत्वको टोली नेपाल र भारतको सीमा क्षेत्र दरैयाबस्तीमा पुगेको थियो । विराटनगर १२ दरैयास्थित को २ ह ६२२६ नम्बरको अटोमा तस्करीको कपडा थियो ।

सादा पोशकका प्रहरी टोलीले सुरूमा तस्करीको कपडा दरैयाबस्तीमा नियन्त्रणमा लिएको थियो । त्यसपछि तस्करीको स्किटिङ्ग गर्दै को १९ प ६३२३ नम्बरको मोटसाइकमा अगाडी बढेका थिए ।

प्रहरीले कपडा नियन्त्रणमा लिएपछि यादव घटनास्थलमा आएका थिए । सादा पोशकमा प्रहरी रहेकोले सामान छोडन हातपात गर्दै प्रहरीसँग धक्काधक्की भयो । त्यसपछि वडा प्रहरी कार्यालय विराटनगरका डिएपी दिपक कार्की, बखरी प्रहरी र मोरङ प्रहरीबाट गएको थप प्रहरी टोलीलाई यादवलाइ र तस्करीको कपडा नियन्त्रणमा लिएर आएको प्रहरीले जनाएको छ ।

तस्करको समूहले हातपात गरेको कारणले बखरी प्रहरीका जवान करण मण्डल सामान्य घाइते भएका छन् । उनको खुट्टामा चोटपटक लगेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवले यसअघि पनि प्रतिबन्धित औषधी तस्करी गरि भण्डान गरिएको अवस्थामा बरामद गर्दा डियुटिमा खटिएका प्रहरीलाई धम्कि दिएका थिए । भारतदेखि तस्करी गरी ल्याएको औषधी मोरङ प्रहरीले छापा हानेर बरामद गरेको छ ।

गत मंसिर ९ गते यादवले तस्करी गरेर ल्याइएको औषधि विराटनगर– १३ स्थित घरमा भण्डारन गरी राखिएको अवस्थामा मोरङ प्रहरीले बरामद गरेको थियो । औषधी बरामद गरेपछि यादवले त्यसबेला जतुवाका सिआरबीका असाइलाई फोन गरेर अपशब्द प्रयोग गर्दै धम्की दिएका थिए । त्यसबेला असाइले धम्की दिने यादवलाई आवश्यक कारवाहीको लागि मोरङ प्रहरीमा निवेदन समेत दिएका थिए ।

प्रहरीले पक्राउ परेका यादव र तस्करीको कपडा, अटो र मोटसाइक विराटनगर भन्सार कार्यालय आइतबार बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । यादवलाई भन्सार बुझाएपछि मोरङ प्रहरीले डियुटिमा खटिएको प्रहरीमाथि हातपात गरेकोले थप कारवाहीको प्रक्रिया पनि अगाडी बढाउने तयारी गरेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!