काबुल विमानस्थलमा फेरि आतङ्ककारी आक्रमण हुनसक्ने बाइडेनको चेतावनी

Radio Nagarik 100.4 MHz आइतबार, भाद्र १३, २०७८

काठमाण्डौ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल विमानस्थलमा फेरि आतङ्ककारी आक्रमण हुनसक्ने चेतावनी दिनुभएको छ । उहाँले फेरि आतङ्ककारी आक्रमण हुन सक्ने सङ्केत मिलेको र आवश्यक सतर्कता अपनाउन पनि आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा रहेका अमेरिकी सैन्य बल फिर्ता भइरहेका बेला सैनिक कमाण्डरले आक्रमण हुन सक्ने सङ्केत दिएको बाइडेनको दाबी छ । केही दिनअघि पनि काबुल विमानस्थलमा आक्रमण हुन सक्ने बाइडेनले बताएको थियो । लगत्तै इस्लामिक स्टेट आईएसले गरेको विस्फोटमा १ सय ७० जनाको ज्यान गएको थियो ।

अमेरिकाले लगत्तै ड्रोन आक्रमण गर्दा बम विस्फोटका योजनाकार मारिएको अमेरिकाले दाबी गरेको छ । तालिबानले आउँदो अगष्ट ३१ सम्म अमेरिकी सेना फिर्ता भइसक्नुपर्ने चेतावनी दिँदै आएको छ । अमेरिकाले अफगानिस्तानबाट नागरिक उद्धारको काम तीव्र बनाएको छ ।

अमेरिकाले अफगानिस्तानबाट एकैदिन ६ हजार ८ सय नागरिकको उद्धार गरेको छ । योसँगै अमेरिकाले अफगानिस्तानबाट उद्धार गर्नेहरुको सङ्ख्या झण्डै एक लाख १२ हजार पुगेको छ । तालिबान समूहको कब्जापछि त्रासका कारण लाखौँ मानिसले अफगानिस्तान छोड्न चाहिरहेका छन् । अमेरिकी र अरु विभिन्न देशका विमानले उद्धारको काम गर्दै आएका छन् ।

तालिबानले यही अगस्ट ३१ सम्म आफ्ना सैनिक निकाल्न अमेरिकालाई भनिरहेको छ । अमेरिकाले उद्धारको काम तीव्र बनाएको हो । अफगानिस्तान छोड्न चाहनेको भीडभाडकै बीच गएको बिहीवार विमानस्थल नजिकै बम विस्फोट भएको थियो ।

लगत्तै अमेरिकाले गरेको ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएको अमेरिकी सैन्य बललाई उदृत गरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!