सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु

२५ सय परिवार उच्च जोखिममा

Radio Nagarik 100.4 MHz सोमबार, भाद्र १४, २०७८

उदयपुर । केही दिनदेखिको अविरल वर्षापछि सप्तकोशी नदीमा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ । आइतबार साँझसम्म सप्तकोशीले निर्धारित धार भन्दा १५० मिटर कटान गरिसकेको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।

खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।

कोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा त्रसित बनेका छन् । स्थानीय शिक्षक दमनकुमार कटुवालका अनुसार अब १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ । सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती छ ।

सप्तकोशीले धार परिवर्तन गर्ने खतरा देखिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले विपद व्यवस्थापन समितिको आइतबार बेलका नगरपालिकामा आपतकालीन बैठक बोलाएर तटीय क्षेत्रका वासिन्दालाई सतर्क गराउने निर्णय गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी पोख्रेलको अध्यक्षतामा बसेको बैठकले कटान भईरहेको क्षेत्रमा तत्काल अस्थायी तटबन्ध निर्माण गर्ने निर्णय पनि गरेको छ । आइतबार नै ८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ । सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्ती समेत जोखिममा पर्नेछन ।

अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको छ । सप्तकोशी आसपासका करिव २५ सय परिवार नदीको उच्च जोखिममा रहेको बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले बताईन् । सप्तकोशीको बाढीले सोबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एविसी टापु, श्रीलंका टापु र रामनगर लगायतका ठाउँ उच्च जोखिममा रहेको उपमेयर चौधरीले बताईन् । purbelinews बाट

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!