२०७७ सालको एसईई नतिजा प्रकाशित

कठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले विद्यालयहरुबाट प्राप्त आन्तरिक मूल्याङ्कनलाई प्रमाणीकरण गरी नितिजा प्रकाशित गरेको र यस पटक ग्रेडिङ नगरिएको परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताउनुभयो । अघिल्ला बर्षको जस्तो यस बर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भन्ने बारे राष्ट्रिय परीक्षा […]

कोभिशिल्डको दोस्रो डोज २५ साउनदेखि खोप दिइने, प्रदेश १ र २ मा केही दिन ढिलो हुने

काठमाडौं । कोभिड(१९ विरुद्धको दोस्रो डोज खोप लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न […]

होटलबाट २ सय डोज खोप बरामद

काँकडभिट्टा  । झापा विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोप प्रहरीले बरामद गरेको छ । विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले शुक्रबार टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होटलबाट २ सय जनालाई पुग्ने सय भाइल खोप बरामद गरेको प्रहरीले जनाएको छ । फोकल पर्सन खड्कालाई […]

जलेर चार बर्षीया बालिकाको मृत्यु

ओखलढुङगा । सिन्धुली फिक्कल(५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ(६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाईटर सल्केर फुस्को छानो भएको गाईगोठमा आगलागी हुदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको […]

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए

विराटनगर। प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ […]

चाँडै खोल्नुपर्छ विद्यालय, अहिले खोल्ने अवस्था छैनः प्रवक्ता

काठमाडौं । पछिल्लो समय निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिए पनि विद्यालयहरुमा प्रत्यक्ष रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न रोक लगाईएको छ । सरकारले असार १ गतेबाट बिद्यार्थीहरुको भर्ना लिन बिद्यालयहरुलाई आग्रह गरे पनि विद्यालयमै शिक्षण सिकाई कहिलेबाट सुरु हुन्छ भन्ने अन्यौल छ । वैकल्पिक शिक्षण सिकाई अवलम्बन गर्न सरकारले विद्यालयहरुलाई […]

कटहरीमा रहेको फलफूल तथा थोक बजार प्रयोग विहीन प्रदेश १ सरकारले चलाउन सकेन

विराटनगर । २७ महीनाअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको तरकारी तथा फलफूल बजार अलपत्र परेको छ । १४ करोड लागतमा विराटनगर महानगरपालिकासँगै जोडिएको कटहरी गाउँपालिका -१ जम्टोकीमा निर्माण भएको ‘कटहरी फलफूल तथा थोक बजार’ प्रयोग विहीन भएको हो । २०७५ चैत ३ गते ओलीले बजारको उद्घाटन गर्दै सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका […]

विराटनगरबाट कटुवा पेस्तोलसहित लागूऔषध कारोबारी गर्ने पप्पु पक्राउ

विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ टिकुलियाका ४१ वर्षीय पप्पुकुमार पटेललाई प्रहरीले गरेको हो । बुधबार राति साढे १० बजे थोत्रो बोरामा लागूऔषध र हतियार बोकेर पैदल आउने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल प्रवेश गर्दा उनको हुलिया […]

भोक्राहानरसिंहको उपाध्यक्ष धान रोपेर राष्ट्रिय धान दिवस मनायो

सुनसरी । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाएको हो । त्यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका धान रोपेर धान दिवस मनाएको छ । धान दिवसको आवसरमा गाउँपालीकी उपाध्यक्ष तथा कार्यबाहक अध्यक्षले भन्नुभयो किसानहरुको लागि २०७८÷७९ को बजेटमा ८७ लाख छुट्याएको छ । गाँउपालिका भित्र रहको कृषि सहकारी बीउँबिजन सम्बन्धि तालिम, पानी तान्ने मोटर,खादमल, मकै, धानको बीउँमा […]

देवानगञ्जको बजेट ५३ करोड २ लाख, कोरोनाबाट मृत्यु भएकाको परिवारले ५० हजार पाउने

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७८–७९ का लागि एक ५३ करोड २ लाखको बजेट प्रस्तुत गरेको छ । बिहीबार गाउँपालिका उपाध्यक्ष पुनिताकुमारी यादवले ५३ करोड २ लाख ३४ हजार १४० को बजेट प्रस्तुत गरेकी हुन् । उनले चालु ३५ करोड १८ लाख ४० हजार ६४० र पूँजिगततर्फ १७ करोड ८३ लाख ९३ हजार […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!