१४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान

महेश बस्नेतलाई प्रधानमन्त्री देउवाको जवाफ : दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्

Radio Nagarik 100.4 MHz शुक्रबार, भाद्र १८, २०७८

काठमाडौँ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनलाई एकताबद्ध भएर सम्पन्न गर्न आह्वान गरेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेमा वडा अधिवेशनको उद्घाटन गर्दै देउवाले पार्टीको महाधिवेशनले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् ।

उनले कांग्रेस लोकतन्त्र र समाजवादलाई बलियो बनाउन सधैँ प्रतिबद्ध रहेको पनि बताए । कटुञ्जे एमाले नेता महेश बस्नेतको निर्वाचन क्षेत्र हो । देउवाले बस्नेतकै क्षेत्रमा पुगेर कांग्रेसलाई हराएर देखाउन चुनौती दिएका छन् । बस्नेतले गत भदौ पहिलो साता भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा चुनाव जित्ने अभिव्यक्ति दिएका थिए । देउवाले बस्नेतकै गृहनगरमा पुगेर शुक्रबार जवाफ फर्काएका हुन् । ‘बस्नेतजीले मलाई हराउनु पर्दैन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई मात्रै हराए हुन्छ । दुर्लभजीलाई चुनाव हराएर देखाउनुस्,’ देउवाले भने ।

आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने जिम्मेवारी आफूहरुलाई रहेको पनि देउवाले बताएका छन् ।

देउवाले महामारी बढ्दो क्रममा रहेकाले आफ्नो स्वास्थ्यलाई समेत ध्यानमा राख्न आग्रह गरेका छन् । ‘मास्क लगाउनुस् । सामाजिक दूरी कायम गर्नुहोस् । कोरोनाको बेला छ, आफ्नो स्वास्थ्यलाई ख्यालमा राखेर महाधिवेशनमा सहभागी बन्नुस्,’ देउवाले आग्रह गरे ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबार ५६ जिल्लामा वडातहको अधिवेशन सुरु हुदैछ । भक्तपुरमा पनि शुक्रबारबाटै अधिवेशन सुरु भएको छ । ‘सहमतिबाट नेतृत्व चयन गर्ने कुरा हो । हामीले आजैबाट अधिवेशन सुरु गर्‍यौँ । चुनाव अवस्था भए २१ गते चुनाव गर्ने र अधिवेशन सक्ने तयारी छ,’ सभापति दुर्लभ थापाले भने ।ं

देउवाले सूर्यविनायकपछि मध्यपुरथिमि नगरपालिका–४ को पनि वडा अधिवेशन उद्घाटन गरेका थिए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!