देउवालाई एकपछि अर्को धक्का, निधिपछि सभापतिमा उम्मेद्धवारी घोषणाको तयारीमा गोपालमान श्रेष्ठ

Radio Nagarik 100.4 MHz मंगलबार, भाद्र १५, २०७८

काठमाडौं । नेपाली कांग्रसको आसन्न १४औं महाधिवेशनमा सभापतिमा पूर्व उपसभापति गोपालमान श्रेष्ठले पनि उम्मेद्धवारी दिने भएका छन् । श्रेष्ठ सभापति शेरबहादुर देउवाको विश्वासिलो पात्र हुन । तर, उनले यसपटक भने सभापतिमा उम्मेद्धवारी दिनेगरि तयारी थालेका छन् । कतिसम्म भने उनले आफूलाई सभापतिमा देउवाको पनि साथ र सहयोग रहने दाबी गरिरहेका छन् ।

उनले आफूलाई सभापतिमा देउवाले पनि सघाउने सनसनीपूर्ण खुलासा गरेका थिए । उनले अब सरकार देउवाले चलाउने र पार्टी आफूले चलाउने सहमति भएको पनि बताएका थिए । यसअघि देउवाको निकट नेता विमलेन्द्र निधिले पनि तामझामका साथ सभापतिमा उम्मेद्धवारी दिनेगरि काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालयको स्थापना गरिसकेका छन् ।

उनले यसपटक आफू कुनैपनि हालतमा ब्याक नहुने सार्वजनिक अभिव्यक्ति दिईरहेका छन् । कतिसम्म भने १३औं महाधिवेशनमा देउवाले आफूलाई १४औं महाधिवेशनमा सघाउने वचन दिएको निधिको भनाई छ । यसअघि देउवाले निधिलाई बोलाएर आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका थिए । तर, निधिले भने आफू सभापतिको उम्मेद्धवारी दिने कुरामा अब ब्याक नहुने अडान लिएका थिए । १४औं महाधिवेशनमा यसपटक देउवालाई निधि र श्रेष्ठले उम्मेद्धवारी दिए भने नराम्रो धक्का लाग्ने विश्लेषण कांग्रेसभित्रै भैरहेको छ ।

उता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि सभापतिमा उम्मेद्धवारी दिनेगरि छलफललाई अघि बढाएको छ । अहिले पौडेल पक्षको आन्तरिक बैठक पौडेल निवासमा जारी छ । पौडेल पक्षले भने सहमतिमै सर्वसम्मतीको सभापतिको उम्मेद्धवार तय गर्ने भनेको छ । पौडेल समूहबाट पौडेल स्वयमपनि सभापतिको आकांक्षी हुन । त्यस्तै, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइराला सभापतिको आकांक्षी हुन् । file photo reportersnepal

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!