डुबेर र करेन्ट लागेर मोरङमा दुई पुरुषको मृत्यु

Radio Nagarik 100.4 MHz शुक्रबार, भाद्र १८, २०७८

विराटनगर । नालीमा डुबेर र करेन्ट लागेर मोरङमा शुक्रबार दुई पुरुषको मृत्यु भएको छ । नालीमा जमेको पानीमा डुबेर धनपालथान गाउँपालिका–७ कदमाहाका ३५ वर्षीय रामभरोस शर्मा केवरतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडकनजिकको नालीमा डुबाएको सनपाट निकाल्न भनेर उनी बिहान ७ बजेतिर घरबाट निस्किएको खुलेको छ ।

घर नफर्किएपछि खोजी गर्ने क्रममा पानी जमेको ५ फिटजति गहिरो नालीमै डुबेर मृत्यु भएको अवस्थामा शव भेटिएको उनले बताए । शव पोस्टमार्टमका लागि लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । त्यस्तै करेन्ट लागेर विराटनगर महानगरपालिका–१८ का २८ वर्षीय पप्पुकुमार मण्डलको मृत्यु भएको छ । प्रहरीका अनुसार उनी रघुपति जुट मिल्सका कामदार हुन् ।

काम गर्ने क्रममा बिहान ११ बजेतिर करेन्ट लागेर घाइते भएका मण्डलको उपचारका क्रममा कोसी अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले बताए । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :           माधव काफ्ले

समाचार वाचक:            सम्झना चौधरी
न्यूज डेक्स :                   डुमरलाल मेहता

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!