एमसीसीबारे स्पष्ट पार्न अमेरिकालाई पत्र

Radio Nagarik 100.4 MHz शनिबार, भाद्र १९, २०७८

काठमाडौं । सरकारले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विवादित विषयबारे स्पष्ट पार्न अमेरिकालाई पत्र पठाएको छ । एमसीसीमा भएका विवादित विषयबारे चर्चा चलिरहेको अवस्थामा सरकारले अमेरिकालाई पत्र पठाएको हो । नेपालमा एमसीसीबारेमा तीव्र विरोध हुँदै आएको छ ।

शुक्रबार सरकारले एमसीसी सम्झौताबारे उठेका विवादित विषयबारे प्रस्ट्याउन अमेरिकी दूतावासमार्फत पत्र पठाएको हो । अर्थ मन्त्रालयले अमेरिकी दूतावासमार्फत एमसीसी मुख्यालयलाई विवादित विषयमा स्पष्ट पार्न भन्दै पत्र पठाएको जनाइएको छ ।

स्रोतका अनुसार नेपालले एमसीसी नेपालको संविधान र कानुनभन्दा माथि रहने कि नरहने, यसको सुरक्षा प्रभाव, इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत एमसीसी पर्छ कि पर्दैनलगायतका विषयमा प्रस्ट पार्न आग्रह गरेको छ । एमसीसीमा उल्लेखित कतिपय प्रावधानले राष्ट्रघात गर्ने भन्दै यथास्थितिमा एमसीसी पारित गर्न नहुने आवाज उठ्दै आएको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!