राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदै

प्रदेशका तीन जिल्लामा सार्वजनिक विदा

Radio Nagarik 100.4 MHz मंगलबार, भाद्र १५, २०७८

विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा आज विराटनगरमा निकालिंदैछ । खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ ।

विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो । २०२४ सालबाट भने रथयात्रा सुरु गरिएको थियो । रथसँगै खटलाई पनि बजार परिक्रमा गराउने परम्परा छ । तर कोरोना महामारीका कारण यो वर्ष खटयात्रा मात्रै गरिने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।

कोरोना महामारीका कारण गत वर्ष पनि खटयात्रा मात्रै गरिएको थियो । यो वर्ष पनि रथयात्रा गर्दा जोखिम हुने भएकाले खटयात्रा निकाल्ने निर्णय भएको ओझाले बताए ।

राधाकृष्ण युगल जोडीको मूर्तिलाई खटमा राखेर तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी र राजवंशी चोकबाट पुष्पलाल चोक हुँदै मन्दिरमा फर्किएर यात्रा समापन हुनेछ । यसअघि मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोकबाट बरगाछी, पानीटङ्की हुँदै मन्दिर परिसरमा पुगेर समापन हुने गरेको थियो ।

रथयात्रामा नेपालसहित भारतका विभिन्न स्थानबाट पनि दर्शनार्थी आउने गरेका थिए । विराटनगरको इतिहास र धार्मिक एवं सांस्कृतिक परिवेशसँग जोडिएको रथयात्रा कोरोना महामारीका कारण परम्पराको निरन्तरताका लागि खटयात्रामा सीमित गर्नु परेको ओझाले बताए ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!