बिराटनगर । कोशी प्रदेशमा मैथली भाषालाई कामकाजी रुपमा कार्यान्वयन गर्न र जितीया पर्वमा सार्वजनिक बिदा घोषणा गर्न दुई दर्जन भन्दा बढी संघ संस्थाहरुले संयुक्त रुपमा मुख्यमन्त्री उद्धव थापालाई संस्मरणपत्र बुझाएका छन् । मैथली भाषाको संरक्षण र सम्बद्धन गर्दे आएका प्रदेश भरीका २९ वटा संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा नेपाल मरिक डोम समुदाय विकास मंचका अध्यक्ष […]
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढङ्गले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताउनुभएको हो । सञ्चारकर्मी […]
विराटनगर । सुनसरीको देवानगगञ्ज, बर्जु सहित स्थानीय तहमा नेपाल शिक्षक सङ्घले तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने सञ्चालनमा रहेको नेपाल शिक्षक सङ्घ देवानगञ्जका अध्यक्ष अनिल मेहताले जानकारी दिनुभयो । विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच भएका […]
विराटनगर । कोशी प्रदेशमा जनता समाजवादी पार्टी (जसपाका) निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेको छ। प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएको छ । उहाँ जसपाको एक्लो प्रदेश सांसद हुन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट एक एक जना मन्त्री हुने पूर्व सहमतिअनुसार जसपाबाट लिम्बूलाई नियुक्त गरेको हो। यसअघि थापाले काग्रेसका […]
तेह्रथुम । आठराई गाउँपालिका १ डाँडागाउँमा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । गत साउन १४ गतेदेखि हराइरहेकी २६ वर्षीया रेशिका श्रेष्ठ (दमन्ता) को शव उनकै पसल पछाडिको सुँगुरको खोरमा गाडेको अवस्थामा शनिबार अपराह्न भेटिएको हो । ५ वर्षयता रेशिकाले श्रीमान राजकुमार श्रेष्ठसँगै श्रीकृष्ण मावि डाँडागाउँको क्यान्टिन संचालन गर्दै आएकी थिइन् । क्यान्टिनमा […]
काठमाडौँ । एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रबार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो । दुवैको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अध्यागमन […]
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा आफ्नै छोरीलाई विष खुवाएको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेका छन् । सुनसरीको बर्जू गाउँपालिका २ का अर्जुन कामतले आफ्नै छोरीलाई विष खुवाएको आरोपमा पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय दुहबीका अनुसार २० वर्षीय छोरी राधिका कामतलाई बाबुले जबरजस्ती विषादी खुवाएका थिए । बेहोस भएको राधिकालाई स्थानीयले उपचार गर्न लगेको छ […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सांसद शर्मालाई आज काठमाडौँबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । मोरङ –३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र किर्तेसम्बन्धी विषयमा नियन्त्रणमा लिइएको बताइएको छ । रासस
विराटनगर । प्रस्तावित शिक्षा ऐनको प्रावधान संशोधनको माग गर्दै कोशी प्रदेशमा पनि निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनले आन्दोलन घोषणा गरेका छन् । निजी शिक्षण संस्थालाई पाँच वर्ष भित्र गुठी अन्तरगत लैजाने प्रावधानको विरोध गर्दै निजी शिक्षण संस्था सञ्चालकहरुको संगठनहरुले साउन २८ गतेबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका हुन् । ५२ वर्षअघि जारी भएको शिक्षा २०२८ […]
विराटनगर । लम्पी स्किन रोगको प्रकोपका कारण कोशी प्रदेशमा ६ हजार ६१४ वटा गाई– गोरु र ७२ वटा राँगा भैँसी मरेका छन् । कोशी प्रदेशको १४ जिल्लामा यो रोगबाट ६ हजार ६१४ वटा गाई– गोरु र ७२ वटा राँगा भैँसी मरेका हुन् । कोशी प्रदेश पशुपन्छी तथा मत्स्यविकास निर्देशनालय विराटनगर निमित्त निर्देशक डाक्टर पशुपति ढुंगानाका […]