बिरामी कैदीबन्दीलाई गिरीको सहयोग

Radio Nagarik 100.4 MHz बिहिबार, पौष १९, २०८०

विराटनगर । समाज सेवामा सक्रिय रहेका अभिषेक गिरिले कोसी अस्पतालमा उपचाररत कैदीबन्दीलाई कम्बल वितरण गरेको छ । गिरिले बिहीबार आफ्नो गिरि फाउन्डेसनमार्फत कैदीबन्दीलाई जाडोमा न्यानो आभास दिलाउन कम्बल वितरण गरेको हुो ।

मोरङ कारागारबाट उपचारका लागि कोसी अस्पतालमा भर्ना भएका कैदीबन्दी कम्बल अभावका कारण चिसोको सिकार भइरहेको गुनासो आएपछि न्यानो कम्बल वितरण गरिएको गिरिको भनाइ छ । अस्पतालमा कैदीबन्दीलाई विभेद र उपचारमा लापरबाही भइरहेकाले सबै बिरामीलाई समान व्यवहार गर्न अस्पताल प्रशासनसमक्ष आग्रह गरिएको उहाँले बताउनुभयो ।

गिरिले पहिलो चरणमा १० जना कैदीबन्दीलाई १० थान कम्बल बाँडेको हो । कम्बल पाएपछि कैदीबन्दीले गिरीप्रति आभार ब्यक्त गर्नुभयो ।

साथै, गिरिले कोसीमा उपचाररत बिरामी कैदीबन्दीलाई उपचारमा विभेद नगर्न मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झासँग आग्रह गर्नुभयो । अस्पतालका बेथिति र अनियमिततालाई निराकरण गर्नेगरी काम गर्न सुझाव दिँदै उहााले अस्पताल सुध्रिएमा मेसुकै नाम कहलिने उल्लेख गर्नुभयो ।

गिरि पछिल्लो समय सामाजिक काममै तल्लीन देखिएको छ । समाजसेवामै सक्रिय रहने अभिप्रायको साथ उहाँले गिरि फाउन्डेसनको स्थापना गरेको हो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!