नेपाल टेलिकमले CDMA सेवा सदाका लागि बन्द

विराटनगर । नेपाल टेलिकमले कोशी प्रदेश भरि संचालनमा ल्याएका आईटी – CDMA प्रवृद्धीको टेलिफोन  सेवा आईतवार देखी सदाका लागि  बन्द गरेको छ ।  टेलिकम प्रदेश निर्देशनालयले विराटनगरमा आईतवार एक कार्यक्रमको आयोजना गरि – CDMA को सेवा सदाको लागि बन्द गरेको घोषणा गरेको हो । नेपाल टेलिकमले विःस २०६२ सालदेखी देशभरिका ग्रामिण क्षेत्रलाई केन्द्रीत  गरि यो […]

ताप्लेजुङ अधिकांश विद्यालयका प्रधानाध्यापक अयोग्य

ताप्लेजुङ । ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन्। जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका हुन्। पुराना शिक्षक तथा कतिपय विद्यालयमा राजनीतिक पहुँचका कारण योग्यता र मापदण्ड नपुगेकाले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका छन्। जिल्लामा सबैभन्दा बढी माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु अयोग्य छन्। जिल्लाका ७० […]

पथरी आसपासको क्षेत्रमा आँखा पाक्ने रोग जटिल बन्दै,वडा कार्यायलले शिविर गर्ने

विराटनगर। मोरङको पूर्वी उतरी क्षेत्रमा आँखा पाक्ने रोगको संक्रमण महामारीका रूपमा फैलिदै गएपछि स्वास्थ्य सर्तकता अपनाउन वडा समिति कार्यालयले अपिल गरेको छ । पथरि र आसपासका क्षेत्रमा आँखा पाक्ने समस्या जटिल बन्दै जान थालेपछि रोग संक्रमित क्षेत्रका समुदायलाई पथरी शनिश्चरे वडा नं. ४ कार्यालयले यही साउन १७ गते वुधवार निशुल्क आँखा जाँच शिविर संचालन गर्न […]

सार्वजनिक सुनुवाई प्रति युवाहरुको आपत्ति

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको सार्वजनिक सुनुवाई प्रति युवाहरुले आपति जनाएको छ। यहीं श्रावन १९ गते शुक्रवार देवानगञ्ज गाउँपालिकाले गर्न गई रहेको सार्वजनिक सुनुवाईको समय र आचार संहिता प्रति युवाहरुले आपति जनाउदै गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले आउँदो श्रावण १९ गते गर्न लागिएको “सार्वजनिक सुनवाई कार्यक्रम” को बारेमा जारी गरिएको सुचनामा उल्लेख भएको समय, आचार […]

मधेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार, समिम र चन्दन मन्त्री नियुक्त

काठमाडौँ । मधेश प्रदेशमा पाँचौं पटक पन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी जनमत पार्टीका चन्दन सिंहले पाएका छन् भने गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका मोहम्मद समिमले सम्हाल्ने भएका छन् । दुवै जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । योसहित मधेश प्रदेश प्रदेशमा पाँचौं पटक मन्त्रिपरिषद् विस्तार […]

रासायनिक मल अभाव छैन : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिनुहुँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो । “हाल दुई सय ८४ मेट्रिक टन रासायनिक मल मौज्दात छ । गत वर्षजस्तो यस वर्ष अभाव छैन”, मन्त्री भुसालले भन्नुभयो, […]

कोशी प्रदेशमा ५६ प्रतिशत धान रोपाइँ

विराटनगर । असार महिना सकिँदा कोशी प्रदेशमा करिब ५६ (५५.९०) प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएकोे छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशका कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारीका अनुसार असार २८ सम्म कुल क्षेत्रफलको ५५।९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कोशी प्रदेशका अधिकांश स्थानमा धान रोपाइँ भएको छ । कोशी प्रदेशको तराईका जिल्लामा […]

आमाबुवा बिहिनका साथै अपाङ्गता रहेका निरासाले पाए बस्ने बास

विराटनगर । आमाबुवा बिहिन साथै अपाङ्गता रहेको निरासा रौनियारले बस्ने बास पाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा बस्ने निरासा रौनियारको सानै उमेरमा उनको आमाबुवा बित्यो र उनको देखरेख गर्न कोही नभएपछि अपाङ्गता समावेशी संस्थाको पैरवीमा देवानगञ्ज गाउँपालिका र करुणा फाउण्डेसन नेपालले साझेदारीमा घर निर्माण गरी दियो । घर निर्माण कार्य सकेपछि […]

काठमाडौँ विश्वविद्यालयका असोसिएट डिन र विराटनगरका शिक्षाप्रेमीहरु विच अन्तरक्रिया

विराटनगर । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशनले विभिन्न संकायमा मास्टर्स प्रोग्राम अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधवार विराटनगरको बिग होटलमा बुधबार विद्यार्थी र सरोकारवालाहरु माझ गरिएको कार्यक्रममा यस्तो जानकारी दिएको हो । खासगरी स्कुल अप एजुकेशनमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि जानकारीमुलक शैक्षिक गतिविधि र ज्ञानका विषयमा […]

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन, अन्त्येष्टि आजै गरिने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!