कोशी आइ ल्याव समूह द्धारा प्रगति विवरण पेश

डुमरलाल मेहता शनिबार, पौष १४, २०८०

विराटनगर । कोशी आइ ल्याव समूहले आफ्नो प्रगति विवरण पेश गरेको छ । काठमाडौ विश्वविद्यालय र इटि एच जुरिच विश्वविद्यालयको सयुक्त कार्यक्रम आइल्यावमा प्राविधिक शिक्षाको क्षेत्रमा काम गर्ने देशभरिबाट छनोट भएका ७ वटा समूहहरु मध्ये कोशी प्रदेशवाट छनौट भएको एक मात्र समूह कोशी आइ ल्याव समूहले आफ्नो प्रगति विवरण पेश गरेको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम टि.भी.इ.टी को क्षेत्रमा अघि सारेको अवधारणा काठमाडौ विश्वविद्यालयले गोदावरी भिलेज रिसोर्टमा आयोजना गरेको कार्यक्रममा प्रगति प्रस्तुत गरेको छ । काठमाण्डौ विश्वविद्यालय र स्वीजरल्याण्डको इटी एच जुरिच विश्वविद्यालयको सहकार्यमा सञ्चालन भएको शिक्षा प्रणाली प्रयोगशाला टि.भी.इ.टी कार्यक्रममा देशभरबाट सहभागी ७ समूह रहेका छ्न । कोशी समूहले तयार पारेको कक्षा कोठा सुधारका लागि अवधारणा कार्यान्वयनमा ल्याउनका लागि विभिन्न काम गरि अघि बढी रहेको यो समुहले आशातित रुपमा कार्य गरिरहेको छ । त्यसै सन्दर्भमा आइल्याव समुहका सद्स्य तथा आदर्श मा. वि. का प्रशिक्षक अजिप चापागाईं बताउनुभयो । उहाँका अनुसार हाम्रो आइल्याव कोशी समुहले गरेका कामको प्रगती विवरण भिडियो रेपोर्ट बनाइ प्रस्तुत गरेको र उक्त रेपोर्ट सबैले प्रसंशा गरेको प्रशिक्षक चापागाईं बताउनुभयो ।

यस कोशी आइल्यावको टि.भी.इ.टी शिक्षा सुधारका लागि कक्षाकोठा सुधार अवधारणालाई मुर्तरुप दिनु पर्दछ र यश समुहको अवधारणालाई साथ दिएर गुणस्तरीय शिक्षा प्रदान गर्न र कक्षाकोठा फरक बनाइ आकर्षक र सहज बनाउनका लागि लाईफ लाइन अस्पताल, शैलजा आचार्य स्मृती पोलिटेक्निक,मनमोहन स्मृति पोलिटेक्निक,सत्यनारायण मा वि विराटनगर, राधाकृष्ण मा वि विराटनगर, आदर्श मा वि विराटनगर, नरग्राम वा वि बुढीगङ्गा, जनपृय मा वि बुढीगङ्गा र लाइफ गार्ड हस्पिटल विराट्नगर अनुसारका शिक्षालयहरु अघि सरेको हो ।
यो अवधारणाले गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न र विद्यार्थी आकर्षणका लागि समेत टेवा पुर्याउने समूहले विश्वास लिएको छ । यस कोशी समूहका सदस्यहरुमा बिना सुब्बा, नारद राई, डा शिव प्रसाद दाहाल, लवकुमार यादव, गोपालप्रसाद दाहाल, लक्ष्मी न्यौपाने, प्रतिक्षा गजुरेल र अजित चापागाईँ रहेका छन् । यस विषयमा विभिन्न मितिमा सरोकारवाला निकाय ,सघ संस्था, पालिका, मन्त्रालय शिक्षालय शिक्षा क्षेत्रका बिज्ञ सङ छलफल गरि अवधारणा अगाडी बढाइ रहेको र यसलाइ अभियानको रुपमा कोशी प्रदेश आइल्याव समुहले लगिरहेको कोशी आइल्याव समुहका एक सद्स्य एवम टि.भी.इ.टी कोशी प्रदेश्का आइ टि अफिसर नारद राई बताउनुभयो ।

यस समुहले आफ्नो कार्य प्रगती विवरण भिडियो रेपोर्टको रुपमा प्रस्तुत गरेको थियो । कक्षाकोठा सुधार गरि प्राविधिमैत्री र हरेक तवरले राम्रो बनाउनु पर्दछ । सिक्ने र शिकाउने स्थान राम्रो र व्यवस्थित हुनुपर्ने र शिकाइ सामग्री सहज रुपमा प्राप्त हुने स्थानमा हुन जरुरी छ । यस समुहले ल्याएको अवधारणाले चर्चा बटुल्दै गइरहेको छ ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!