लैङ्गिक हिंसाविरुद्धको अभियान सम्पन्न

डुमरलाल मेहता आइतबार, मंसिर २४, २०८०

विराटनगर । सुनसरीमा मंसिर ९ गतेबाट सुरु भएको लैगिंक हिसाँ विरुद्धको १६ दिने अभियानको आईतबार समापन गरिएको छ । भ्वाईस अफ चिल्ड्रेन इटहरीको आयोजनामा अभियानको समिक्षा कार्यक्रम गर्दै अभियानको औपचारिक रुपमा समापन गरिएको हो । भ्वाईस अफ चिल्ड्रेन ईटहरीको संयोजक भरत थापाको अध्यक्षता तथा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आथित्यता र गाउँपालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवको विशिष्ट आथित्यमा १६ दिने अभियान कार्यक्रमको समापन गरिएको हो ।


कार्यक्रममा वत्ताहरुले लैगिंक हिसाँ कम गर्नका लागि हिसाँ नगर्ने र हिसाँ नसहने प्रतिवद्धताका साथ अगाडि बढु्नुपर्नेमा जोड दिएका छन् । लैङ्गिक हिंसा विरुद्ध अभियानको क्रममा सचेतना कार्यक्रममा सहजीकरण गर्दै लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत भएका गतिविधिहरु उपलब्धीमुलक रहेको समीक्षा गरिएको थियो। लैङ्गिक हिंसाका घटनाले समाज र समुदायमा नकारात्मक प्रभाव पारिरहेकाले त्यस्ता घटना न्युनीकरण गर्नका लागि अभियानले सहयोग पुग्ने विश्वास गरिएको भ्वाईस अफ चिल्ड्रेन ईटहरीको संयोजक भरत थापाले बताउनुभयो ।


कार्यक्रममा देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, दवडा नम्बर १ का वडा अध्यक्ष सुर्यनारायण पाल, ३ नम्बरका वडा अध्यक्ष अनिल भगत, शिक्षक विषेश्वर मेहता लगायतले लैगिंक हिसाँ विषयमा बोलनु भएको थियो ।कार्यक्रममा सयौँ जनाको सहभागिता रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!