बर्जुमा विवाह पञ्चमी मैथिली महोत्सव सम्पन्न

डुमरलाल मेहता शनिबार, मंसिर ३०, २०८०

विराटनगर । विवाह पञ्चमी मैथली महोत्सव २०८० सम्पन्न भएको छ । सुनसरीको बर्जु गाउँपालिका वडा नम्बर २ मा रहेको रामसिता विद्यालयमा विवाह पञ्चमी मैथली महोत्सव भएको थियो । बर्जु गाउँपालिकाको सहयोग र अप्पन विराटगढ परोपकार समाजको आयोजनामा सो मैथली महोतसव सम्पन्न भएको हो ।

विवाह पञ्चमीको सन्दर्भ पारेर कार्यक्रम गरिएकाले महोत्सवमा अधिकांशरुपमा मिथिलाकी छोरी सिता तथा भगवान रामसँग सम्बन्धित गित तथा नृत्य प्रस्तुत गरिएको आयोजक संस्थाकी अध्यक्ष बसुन्धरा झाले जानकारी दिनुभयो । यस्का साथै मैथिली संस्कृतिसंग जोडिएका लोकगित तथा आधुनिक गितहरु समेत प्रस्तुत गरिएको उहाँले जानकारी दिनुभयो ।

स्थानियहरुले गाउमपालिकाको विभिन्न ठाउँबाट कलशमा जल भरेर कलश यात्रा निकाली मैथली महोत्सव हुने स्थानसम्म आएर कलश यात्रा समापन गरेको थियो ।

कार्यक्रममा गायक भगवान झा र मनोज भोले लगायतका चर्चित गायकहरुले गायन प्रस्तुत गर्नुभयो । यस्तै मनोज राजवंशी,समिक्षा कार्की र दिपेन्द्र थापा लगायतले मैथिली सांस्कृतिक गितमा नृत्य प्रस्तुत गर्नुभयो ।

कार्यक्रमकाबीच बर्जु गाउँपालिकाका अध्यक्ष जिबछ कुमार राय, उपाध्यक्ष नितु चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलदेव यादव,पुर्व अध्यक्ष रघुनन्दन चौधरी,वडाध्यक्षहरु महेन्द्र प्रसाद कामत,दिलबहादुर गुरुङ,बिनोद गुरुङ,अजयकुमार चौधरी तथा विराटनगर १२ का वडाध्यक्ष हिरालाल कामत लगायतलाई सम्मान गरिएको आयोजक संस्थाका राजेश झाले जानकारी दिनुभयो ।


सम्मानित हुनेलाई आयोजक संस्थाकी अध्यक्ष झा सहित मैथिली अभियानी विद्या मिश्रा तथा प्रेमनारायण झा लगायतले सिरमा लगाईने मिथिलाको पाग र दोपटाले सम्मान गरेको थियो । मैथली महोतसवमा रेडियो नागरिक मिडिया माटर्नरको भुमिका निर्वाह गरेको थियो ।
मैथली महोतसवमा उल्लेखनीय सहभागिता रहेको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!