संविधान दिवसमा झुम्का कारागारका ४४ कैदी रिहा

विराटनगर । संविधान दिवसको अवसरमा सुनसरीको झुम्का कारागारमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय काटिरहेका ४४ जनाको कैद मिनाहा भएको छ । राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम बुधबार कैदमुक्त गरिएको झुम्का कारागार कार्यालयले जानकारी दिनुभयो । संविधानको धारा २ सय ७६ मा राष्ट्रपतिले स्थानीय प्रशासनको सिफारिसको आधारमा कैद माफी मिनाहा दिन सक्ने व्यवस्था छ […]

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित जनसङ्ख्या र विकास सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई देशभर निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने बताउनुभयो । आफूले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद् र […]

कुश जयन्ती समारोह भव्यताका साथ सम्पन्न

 विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा कुश जयन्ती समारोह कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । । कुशवाहा बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा विहिवार कुश जयन्ती अवसरमा विभिन्न कार्यक्रम सहित तीनलाई सम्मान गरेको छ । सम्मानित हुनेमा देवानगञ्ज गाउापालिका अध्यक्ष बेचन प्रसाद मेहता, जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघ नेपालको अध्यक्ष […]

Sphere TOT तालिम सुरु

विराटनगर । Sphere TOT तालिम सुरु भएको छ । आइतबार विराटनगरको एक होटलमा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) आयोजनामा तीन दिने तालिम सुरु भएको हो । जिल्ला समन्वय समिती मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र स्थानिय सरकारको सहकार्यमा सो तालिम सुरु भएको हो । यो तालिम कोशी प्रदेशमा पहिलो पटक […]

मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसमा चेतनामूलक कार्यक्रम

विराटनगर । सुनसरीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । रामधुनी नगरपालिकामा गैरसरकारी संस्था महासंघ, ओरेक र माईति नेपाल तथा रामधुनी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजना गरेको मानव बेचबिखन विरुद्धका सन्देश तथा प्ले कार्डसहित प्रभातफेरी र अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरकृया […]

दुहबीका ८० सुकुम्वासी परिपारले पाए पक्की घर

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले सुकुम्वासीहरूलाई आज एक कार्यक्रम गरी ८० जना घरधुरी परिवार लाई पक्की घर वितरण गरेको छ । नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्वासी परिवारहरूलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गर्नुभएको […]

भोक्राहामा प्रधानाध्यापक उराँवमाथि कुटपिट

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित ब्रहमदेव उराँव मण्डेला आधारभुत विद्यलायका ४३ वर्षिया प्रधानाध्यापक शुशिलाकुमारी उराँवमाथि भदौं १० गते विहना १० बजेको कुटपिट भएको छ । विद्यलाय समयमा नियमित पठनपाठन र अन्य आरोप लगाई व्यक्तिगत रिसिबीमा भोक्राहा नरसिंह गाउँपालिका ४ नीवासी एहसान अंसारी र नुरजाहा खातुन सहितका व्यक्तिहरुले विद्यलायका प्रधानाध्यापक उराँवमाथि कुटपिट गरेको […]

जिरोगुवा कृषक समुहको तेस्रो साधारणसभा सम्पन्न

देवानगञ्ज । श्री जिरोगुवा उद्यमसिल कृषक समुहको तेस्रो साधारणसभा सम्पन्न भएको छ । शनिवार सुनसरीको देवानगञ्ज गाउपालिका वडा नम्बर ६ मा रहेको श्री जिरोगुवा उद्यमसिल कृषक समुहको  तेस्रो साधारणसभा कोशी प्रदेश सभा सदस्य र उद्योग कृषि तथा सहकारी मन्त्री गयान्नद मण्डलको प्रमुख आतिथ्य र समुहका अध्यक्ष बिदयान्द मेहताको अध्यक्ष्तामा सो कार्यक्रम सम्पन्न भएको हो । […]

बोरामा बन्द गरेर भारत लैजाँदै गरेका बालबालिकाको उद्धार

काठमाडौं । बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको बाराको सीमावर्ती गाउँपालिका देवतालबाट उद्धार गरिएको छ। देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार अमवा गाउँका शिवपुजन […]

विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री थापा, फेल गराउने रणनीतिमा एमाले

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै […]

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरती कुशवाहा/  अन्जु अश्रु

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!