श्रीराम प्राण प्रतिष्ठाको आवसरमा न्यूरो अस्पतालले पनि विभिन्न कार्यक्रम गर्दै

डुमरलाल मेहता बिहिबार, माघ ०४, २०८०

विराटनगर । न्युरो अस्पतालले श्रीरामको प्राण प्रतिष्ठाको आवसरमा विभिन्न स्थानमा २४ हजार दिप प्रज्जवलन् गरिने भएको छ ।
हिजो मगंलवार न्युरो अस्पतालले आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालले श्रीरामको प्राण प्रतिष्ठाको आवसर पारेर विराटनगरका विभिन्न स्थानमा २४ हजार दिप प्रज्जवलन् गरिने भएको हो ।

५०० वर्ष पछि मन्दिर निर्माण र प्राण प्रतिष्ठा आउदो माघ ८ गते सोमबार हिन्दु स्वयंसेवक संघ तथा झि। पुच विराटनगरको पहलमा बंग्लामुखी सोसाइटी, ब्रम्हाकुमारी राजयोग केन्द्र, बंगलामुखी मन्दिर र सो क्षेत्रभित्र रहेका व्यवसायीहरुले दिप प्रज्जवलन, बंग्लामुखी मन्दिर परिसरमा आरती, भजन कृतन र प्रसाद वितरणको कार्यक्रम आयोजना गर्ने भएका हुन् ।

न्यूरो अस्पतालका अध्यक्ष एवम वरिठ न्यूरोलोजिष्ट डा बिरेन्द्र कुमार विष्टले भने , ५०० वर्ष पछि भगवान श्रीराम को प्राण प्रतिष्ठा हुन गइरहेको पावन आवसरमा सम्पूर्ण हिन्दु धर्मालाम्वीहरुले यसलाई उत्साहको पर्वको रुपमा मनाउन समेत आग्रह गरे ।

५०० वर्षको प्रतिक मानेर ८ गते सबैले आफ्नो घर वरपर न्यूनतम ५ वटा भएपनि दिप प्रज्जवलन गरि तिहारमा जस्तै घर श्रृङ्गार गर्न र रंगोली बनाएर भगवान श्री रामलाई स्वागत गर्न न्यूरो अस्पतालका अध्यक्ष विष्टले आग्रह गरे । ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!