विराटनगर । Sphere TOT तालिम सुरु भएको छ । आइतबार विराटनगरको एक होटलमा स्वास्थ्य पोषण शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (हर्ड नेपाल) आयोजनामा तीन दिने तालिम सुरु भएको हो । जिल्ला समन्वय समिती मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र स्थानिय सरकारको सहकार्यमा सो तालिम सुरु भएको हो । यो तालिम कोशी प्रदेशमा पहिलो पटक […]
विराटनगर । सुनसरीमा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । रामधुनी नगरपालिकामा गैरसरकारी संस्था महासंघ, ओरेक र माईति नेपाल तथा रामधुनी नगरपालिकाको सहकार्यमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आयोजना गरेको मानव बेचबिखन विरुद्धका सन्देश तथा प्ले कार्डसहित प्रभातफेरी र अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरकृया […]
विराटनगर । सुनसरीको दुहबी नगरपालिकाले सुकुम्वासीहरूलाई आज एक कार्यक्रम गरी ८० जना घरधुरी परिवार लाई पक्की घर वितरण गरेको छ । नगर प्रमुख आवास योजना कार्यक्रम अन्तर्गत नगरपालिकाले नगरक्षेत्र भित्र बसोबास गर्ने भूमिहीन, दलित,सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूलाई व्यवस्थित र सुरक्षित बसोबासका लागि अति विपन्न सुकुम्वासी परिवारहरूलाई नगर प्रमुख वेदनारायण गच्छदारले ८० घर वितरण गर्नुभएको […]
विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित ब्रहमदेव उराँव मण्डेला आधारभुत विद्यलायका ४३ वर्षिया प्रधानाध्यापक शुशिलाकुमारी उराँवमाथि भदौं १० गते विहना १० बजेको कुटपिट भएको छ । विद्यलाय समयमा नियमित पठनपाठन र अन्य आरोप लगाई व्यक्तिगत रिसिबीमा भोक्राहा नरसिंह गाउँपालिका ४ नीवासी एहसान अंसारी र नुरजाहा खातुन सहितका व्यक्तिहरुले विद्यलायका प्रधानाध्यापक उराँवमाथि कुटपिट गरेको […]
देवानगञ्ज । श्री जिरोगुवा उद्यमसिल कृषक समुहको तेस्रो साधारणसभा सम्पन्न भएको छ । शनिवार सुनसरीको देवानगञ्ज गाउपालिका वडा नम्बर ६ मा रहेको श्री जिरोगुवा उद्यमसिल कृषक समुहको तेस्रो साधारणसभा कोशी प्रदेश सभा सदस्य र उद्योग कृषि तथा सहकारी मन्त्री गयान्नद मण्डलको प्रमुख आतिथ्य र समुहका अध्यक्ष बिदयान्द मेहताको अध्यक्ष्तामा सो कार्यक्रम सम्पन्न भएको हो । […]
काठमाडौं । बोराभित्र बन्द गरी भारततर्फ लैजाँदै गरिएका दुई बालबालिकाको बाराको सीमावर्ती गाउँपालिका देवतालबाट उद्धार गरिएको छ। देवताल गाउँपालिकाको वडा नम्बर–३ अमवा गाउँका दुई जना बालबालिकालाई चोरी गरी बोरामा बन्द गरेर भारततर्फ लैजाँदै गर्दा बालबालिकासहित चोरी गरी भारत लैजाने एक जना भारतीय युवकलाई पनि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार अमवा गाउँका शिवपुजन […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदैछन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने विश्वासको मत फेल गराउने रणनीतिमा छ। विश्वासको मत लिनु अघिल्लो दिन (आइतबार) नै एमालेले आफ्ना ७ जना ज्येष्ठ सांसदको बिदासम्बन्धी निवेदन पेस गर्दै […]
बिराटनगर । कोशी प्रदेशमा मैथली भाषालाई कामकाजी रुपमा कार्यान्वयन गर्न र जितीया पर्वमा सार्वजनिक बिदा घोषणा गर्न दुई दर्जन भन्दा बढी संघ संस्थाहरुले संयुक्त रुपमा मुख्यमन्त्री उद्धव थापालाई संस्मरणपत्र बुझाएका छन् । मैथली भाषाको संरक्षण र सम्बद्धन गर्दे आएका प्रदेश भरीका २९ वटा संघ संस्थाका प्रतिनिधिहरुले संयुक्त रुपमा नेपाल मरिक डोम समुदाय विकास मंचका अध्यक्ष […]
काठमाडौं । नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनुभएको छ । सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढङ्गले अघि बढाउने कामलाई आफूले प्राथमिकता दिने बताउनुभएको हो । सञ्चारकर्मी […]
विराटनगर । सुनसरीको देवानगगञ्ज, बर्जु सहित स्थानीय तहमा नेपाल शिक्षक सङ्घले तीन घण्टा धर्ना दिएको छ । महासङ्घमा आबद्ध सबै घटक संस्थाहरुले बिहान ११ बजेदेखि तीन घण्टा धर्ना दिएका हुन् । धर्ना दिए पनि विद्यालय भने सञ्चालनमा रहेको नेपाल शिक्षक सङ्घ देवानगञ्जका अध्यक्ष अनिल मेहताले जानकारी दिनुभयो । विगतमा शिक्षा मन्त्रालय र शिक्षक महासङ्घबीच भएका […]