कोशी आइल्याव समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न

डुमरलाल मेहता बिहिबार, माघ ०४, २०८०

विराटनगर । कोशी आइल्याव समुहको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी आइल्याब समुहको आयोजनामा विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षकहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कोशी आइल्याव समुहले विगत ६ महिना देखि कक्षा सुधार अवधारणालाई प्राविधिक तथा व्यवसायीक शिक्षा सँग जोडेर काम गरि रहेको छ । यस समुहका सदस्य एवम सि.टि.इ.भि.टि. कोशी प्रदेशका आई.टि. अफिसर नारद राई बताउनुभयो । आई.टि. अफिसर नारद राईका अनुसार अबको आवश्यकता भनेको प्राविधिक तथा व्यवसायीक शिक्षामा व्यापक सुधार हो र कक्षाकोठा सुधार नै प्रथम आवश्यकता हो । यसै अन्तर्गत हामी द्रुत गतिमा काम गरि रहेका छौ ।

हिजो माघ ३ गते हामीले २३ वटा शिक्षालयका प्रशिक्षक तथा कार्यक्रम संयोजकहरु सँग विराटनगर स्थित तालिम केन्द्रको हलमा अन्तरत्रियाया कार्यक्रम गरेको थियो । सबैले सकारात्मक प्रतिक्रिया दिनुभएको छ ।

यसै गरि आज माघ ४ गते बुढिगंगा स्थित जनप्रिय मा. वि.मा नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठनका पदाधिकारीहरु विच अन्तरक्रिया कार्यक्रम गरि हाम्रो अवधारणा राख्यौ । उहाँहरुले हामीले राखेको अवधारणा समय सापेक्ष रहेको र यसले आशातित प्रगति र सुधार ल्याउने विस्वास व्यक्त गर्नुभयो । यस अवधारणाको पैरवी र आफ्नो शिक्षालयमा समेत लागू गर्ने प्रतिवद्द्ता व्यक्त गर्नु भएको छ ।

समय अनुसार कक्षाकोठा सुधार गरि कक्षाकोठाको फर्निचर फ्लेक्जिवल बनाइ समुहगत सिकाइ, परियोजनामुलक कार्य गर्न सकिने प्रविधिमैत्री कक्षाकोठा र प्रयोगात्मक कक्षामा विषय विग्य जस्तै प्लम्विङको कक्षामा प्रशिक्षक सहित प्लम्बर समेत भएर कक्षा सन्चालन गर्दा सिकाइमा निकै नै सुधार आउने विस्वास गर्न सकिन्छ बताउनुभयो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–५, चाँदनी चौकबाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
बजार ब्यवस्थापक :     विवेक मेहता
प्राविधिक                   : मनिष मण्डल ,सुजल पौडेल

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-5,Chadani Chowk ,Morang
Email: [email protected]
            : [email protected]
Mobile: 9801510471,9852026342

error: Content is protected !!