भोक्राहा नरसिहको १५ औं गाउँसभा तथा अधिवेशन सम्पन्न

डुमरलाल मेहता बुधबार, माघ ०३, २०८०

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाको सभाहलमा चालु आर्थिक वर्ष ०८०÷०८१ को हालसम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १५ औं गाउँसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।
गाउँ सभामा आ.व. २०८०÷०८१ को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धी विवरण तथा चालु आर्थिक वर्ष ०८०÷८१ को अहिलेसम्मको प्रगति विवरण राजस्व परामर्श तथा न्यायिक समितिको प्रतिवेदन गाउँपालिकाले प्रस्तुत गरेको थियो । प्रस्तुत गरेको प्रतिवेदन तथा विधेयकमा सुझाव राख्न गाउँसभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्वसम्मत रूपमा संसोधनहरु पारित गर्दै अधिवेशन सम्पन्न भएको हो ।
सभाले गाउँकार्यपालिकाले गरेका सम्पूर्ण निर्णयहरु, आर्थिक वर्ष २०८०÷०८१ को हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८०÷०८१ मा गाउँकार्यपालिका बैठकले पारित गरेको गरेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले जानकारी दिनुभयो ।
सभाको उद्घाटनमा २२ जना सेवा निवृत महिला स्वास्थ्य स्यवमसेविकाहरुलाई सम्मान गरेको थियो । त्यसैगरी सेवा निवृत कर्मचारी सुधिर दास सहित दुई जनालाई सम्मान सहित बिधाई गरिएको थियो ।
सभामा सभा सदस्य फुलकुमारी साह, वडा अध्यक्ष हारुन अंसारी, उपाध्यक्ष सुनिताकुमारी उराँव सहितले अधिवेशनका बारेमा बोल्नुभएको थियो । सभा गाउँपालिकाका अध्यक्ष अजलम अख्तर आजादको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्र कार्यक्रम संचालक तथा स्वास्थ्य शाखा प्रमुख हिरा साहले जानकारी दिनुभयो । सभाका अध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाउनु भएको थियो ।

हाम्रो बारे

नागरिक मिडिया प्रा.लि विराटनगर द्वारा संचालित यस रेडियोको प्रसारण मोरङ्ग जिल्लाको बिराटनगर–६, शान्ति चौक बाट भैरहेको छ । यसको प्रसारण क्षमता ५०० वाट रहेको छ । अत्याधुनिक इटालीयन उपकरणहरू जडित यस रेडियोको प्रसारणक्षेत्र पूर्वाञ्चलका मोरङ ,सुनसरी, झापा, इलाम, तेह्रथुम, पाचथर, भोजपुर, धनकुटा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, उदयपुर, सप्तरीलगायत मध्यामञ्चलको सिन्धुली एवं भारतका दार्जिलिङ, सिक्किम साथै, सीमावर्ती भारत,विहार राज्यको सुपौल र अररिया जिल्लाका मुख्य शहरी क्षेत्रहरूसम्म यसको प्रसारण पुगेको छ ।

यो रेडियो कुनै पनि पक्षको राजनीतिक कार्यक्रम, विचार तथा आग्रहबाट मुक्त छ । यो एक व्यवसायिक उद्यम हो । तर, रेडियो नागरिक १००.४ मेगार्हज नेपाली समाजको एकता, सद्भावको अभिवृद्धि र विभिन्न समुदायहरूको जनजीवन, भाषा, साहित्य, संस्कृतिको विकास प्रति समान रूपमा प्रतिवद्ध रहेको छ । यही भावनाले अभिप्रेरित भएर हामी जन अभिरूचिका आधारमा बिभिन्न प्रकारका सूचनामूलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रसारित गरिरहेका छौं ।

हाम्रो टिमहरु

अध्यक्ष :                      शैलेन्द्र मोहन झा
प्रवन्ध निर्देशकः           अरविन्द मेहता
लेखाप्रमुख :                 संतोष यादव
समाचार प्रमुख :          डुमरलाल मेहता

समाचार वाचक:            सम्झना चौधरी

प्राविधिक:                  दिपेन्द्र, रेखा

कार्यक्रम प्रस्तोता :        कविता झा/प्रेम झा/ आरतीकुशवाहा/ रमा कार्की

Contact

Radio Nagarik 100.4 MHz
Address: Biratnagar-6, Morang, Nepal
Email: [email protected]
Phone: 021-501183, 501004
Mobile: 9811001418

error: Content is protected !!